Loading...

खेल क्षेत्रको राजनिती अन्त्य गर्छु : खेलकुदमन्त्री श्रीपाइली

Daljit-Sripaili-Sports-mininterभदौ ४, भरतपुर ।
युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीले खेल क्षेत्रमा हुने गरेको राजनीतिको अन्त्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
चितवनको भरतपुरमा आज दिउँसो भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले विधि र प्रक्रिया अनुसार नै काम गर्ने भन्दै राजनीतिकरण हुनबाट रोक्ने बताउनुभयो ।
प्रेस सेन्टर नेपाल चितवनको आयोजनामा भएको पत्रकार भेटघाटका क्रममा उहाँले अन्य राजनीतिक दलको भावनालाई समेत समेटेर सहकार्यका हिसावले विधि र प्रक्रिया अनुसार आफु अगाडी बढ्ने प्रष्ट्याउनुभयो ।
उहाँले क्यानमा देखिएको विवाद आफ्नै पालोमा समाधान गरेरै छाड्ने जिकिर समेत गर्नुभयो । उहाँले स्पोट्र्स विश्वविद्यालयको अबधारणा आफुले अघि सारेको जानकारी दिनुभयो ।
‘स्पोट्र्स युनिभर्सिटीको अबधारण अघि सारिएको छ, मन्त्री श्रीपाललीले भन्नुभयो यसका लागि अध्ययन टोली समेत खटाईसकेको छु, नेपालमा यो सम्भव छ ।’ खेलकुद क्षेत्रको व्यवस्थापन पक्ष कमजोर रहेको स्वीकार गर्नुहुँदै उहाँले व्यवस्थापन सुधारमा ध्यान केन्द्रित गरेको समेत जनाउनुभयो ।
सुन्दर संगम युवा क्लबको आयोजनामा सुरु भएको तीज कप फुटबलको उदघाटन गर्न यहाँ आइपुग्नुभएका उहाँले दक्षिण कोरियाबाट पदक जितेर आएका चितवनका खेलाडिहरुलाई सम्मानसमेत गर्नुभएको थियो । त्यसअघि माओबादि केन्द्रको पार्टि कार्यालय कृष्णपुरमा रहेको सहिदको मुर्तिमा माल्यार्पणसमेत गर्नुभएको थियो ।

Loading...
LottoLucker INT
loading...