अन्तिम तीन मिनेटको गोलले रियल मड्रिड स्तब्ध

footbal-4१२ असोज, काठमाडौं ।
खेल सकिन तीन मिनेट बाँकी छदाँ खाएको गोलले रियल मड्रिड स्तब्ध भएको छ । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा अन्तिम तीन मिनेटमा खाएको गोलले रियल मड्रिड बोरुसिया डर्टमुन्डसँग बराबरीमा रोकियो । गएराति यी दुईबिच भएको खेल २ – २ को बराबरीमा रोकिएको हो ।

यो नतिजापछि रियल र डर्टमुण्ड दुवैको २ खेलबाट समान ३ अंक छ । तर गोल अन्तरका आधारमा रियल अघि छ । रियल मड्रिडले च्याम्पियन्स लिगको पहिलो खेलमा स्पोर्टिङ लिस्बनलाई २–१ ले हराएको छ । उसले अब ३ हप्तापछि लेगा वार्ससँग खेल्ने छ ।
खेलको सुरुवातमा रियल मड्रिडले अग्रता लिएको थियो । रियल मड्रिडका स्ट्राइकर ग्यारेथ बेलको पासमा क्रिस्टियानो रोनाल्डोले १७ औं मिनेटमा गाल गर्दै अग्रता दिलाएका थिए । डर्टमुन्डका स्ट्राइकर पिरेरे इमिर्क अबुमिङले ४३ औं मिनेटमा हानेको प्रहार रियलका गोल रक्षकको सानो गल्तीले गर्दा गोलमा परिणत भयो ।
पहिलो हाफमा १ – १ को बराबरीमा खेल रोकिएको थियो । रियल मड्रिका राफेल भर्नाले ६८ औं मिनेटमा गोल गर्दै पुनः अग्रता दिलाए । तर खेल सकिन तीन मिनेट मात्र बाँकी छँदा चेल्सीका पूर्व फरवार्ड आन्दे्र स्चुरले गोल गर्दै गुमिसकेको खेललाई बराबरी बनाएका थिए । रियल मड्रिडले खेलमा पनि पक्कड जमाउन सकेन । डर्टमुन्डको ६० प्रतिशत बल आफ्नो पक्षमा लिएको थियो । डर्टमुन्डले १० वटा शक्तिशाली पोष्ट चार्ज गरेको थियो भने रियलले जम्मा ४ वटा मात्र पोष्ट चार्ज गर्न सकेको थियो ।

Loading...
LottoLucker INT
loading...