बार्सिलोनाको भ्यालेनसियामाथि कठिन जित

1477197013messiकाठमाडौं ७, कात्तिक ।
शनिबार राति भएको स्पेनिस लिगमा बार्सिलोनाले भ्यालेन्सियामाथि कठिन जित निकालेको छ । भ्यालेनसियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भने लियोनल मेस्सीको गोलमा अग्रता लिएको थियो । मेस्सीले २२ औ मिनेटमा गोल गरेका थिए ।

तर, दोस्रो हाफमा भने भ्यालेसियाले उत्कृष्ट कमव्याक गर्यो । दोस्रो हाफको ५२ औ मिनेटमा मुनिरले बराबरी गोल फर्काएका थिए ।

पहिलो गोल भएको चार मिनेट पश्चात नै रोड्रिगोले दोस्रो गोल गरे । दबाबमा रहेको बार्साका लागि ६२ औ मिनेटमा लुइज स्वारेजले बराबरी गोल फर्काएका थिए ।

बराबरीमा रहेको खेलमा बार्सामाथि भ्यालेनसिया हावी देखिएको थियो ।

तर, खेलको अन्तिम मिनेटमा बार्साले पेनाल्टी पाएको थियो । बार्साका लागि पुन मेस्सी चम्किए । मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै बार्सालाई जित दिलाए ।

Propellerads
Loading...
loading...