Loading...

भारतवाट अवैध कुखुरा भित्रिएपछि किसान मारमा

cock९ कात्तिक, काठमाडौं ।
भारतका सीमावर्ती बजारबाट भन्सार छलेर नेपालगञ्जमा वोइलर कुखुरा भित्रिन थालेपछि कुखरापालक किसानहरु मर्कामा परेका छन् । विना भन्सार आउने तस्करीको कुखुरा नेपाली किसानले पालेको भन्दा सस्तोमा पाइने हुँदा मासु व्यवसायीले भारतकै कुखुरा किन्ने गरेका छन् ।

अबैध कुखुराका कारण आफुहरुको व्यवसाय संकटमा परेको भन्दै वाँकेका कुखुरपालक किसानले आन्दोलनको चेतावनी दिएका छन् । स्थानीय प्रशासनले नियन्त्रणका लागि चासो नदेखाएपछि आन्दोलनमा उत्रन वाध्य भएको कुखुरापालक किसान संघका अध्यक्ष लालबहादुर खत्रीले वताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले वर्डफ्लुरोग भित्रिनसक्ने आशंकामा भारतवाट कुखुरा, पंक्षी तथा पंक्षीजन्य वस्तु आयातमा रोक लगाएपनि भन्सार छलेर विभिन्न नाकाबाट भारतीय वोइलर कुखुरा नेपालमा भित्रिदा आफुहरुको व्यवसाय संकटमा परेको किसानहरुको गुनासो छ ।

Loading...
LottoLucker INT
loading...