तेस्रो बर्दगोरिया सेती लोक मार्ग खुल्ला राष्ट्र व्यापी फुटबल प्रतियोगीतामा आज देखि क्वाटरपाईनलका खेलहरु सुरु

सेवेन स्टार लम्की सेमिफाईनलमा प्रवेश

14881429_1029366960509311_1408292271_o1पदम ओझा /बौनिया कार्तिक १२ ।
कैलालीको सडकपुर बौनियामा जारी तेस्रो बर्दगोरिया सेती लोक मार्ग खुल्ला राष्ट्र व्यापी फुटबल प्रतियोगीताको सातौे दिन आज पनि २ वटा खेल सम्पन्न भएका छन । आज भएको दोस्रो चरणको अन्तिम खेलमा दिउसो १ बजे एपिएफ अत्तरीयाले छायाक्षेत्र युवा क्लब लम्कीलाई ३-० गोल अन्तरले हराउदै क्वाटरफाईनलमा प्रवेश गरेको छ । एपीएफलाई जित दिलाउने क्रममा ईश्वर चौधरीले २ गोल तथा भुपेन्द्र बमले १ गोल गर्न सफल भएका थिए । यो खेल समाप्ती सगै दोस्रो चरणका खेलहरु पनि समाप्त भएका छन ,भने आजै बाट सुरु भएको क्वाटर फाईनल खेलमा आज भएको पहिलो खेलमा सेवेन स्टार लम्कीका विरुद्ध महेन्द्र स्मृति युवा क्लब साडेपानी विच भएको थियो जसमा सेवेन स्टार लम्की शुन्यका विरुद्ध २ गोल अन्तरले विजयी भएको छ । पहिलो हाफ सम्म १-१ गोलको बराबरीमा रहेको अवस्थामा खेलको दोस्रो हाफको अन्तिम समयमा सेवेन स्टार लम्कीले थप एक गोल गर्दै विजयी भएको हो । यो जित सगै सेवेन स्टार लम्की सेमी फाईनलमा प्रवेश गरेको छ । यसै गरी खेल तिहारको अवसरमा ४ दिन सम्म विदा रहेको छ भने बाकी खेलहरु १७ गते विहान ९ बजे देखि हुने आयोजकले जानकारी दिएको छ । जसमा १७ गते विहान एपीएफ अत्तरीया विरुद्ध घोडाघोडी युवा क्लब सुखड ,दिउसो १ बजे सुप ११ विरुद्ध हिमालयन युवा क्लब मोतीपुर र दिउसो ३ बजे पशुपती युवा क्लब रानीकुण्डा विरुद्ध सहयोगी युवा क्लब बलिया विच हुने जनाईएको छ । प्रतियोगीतामा २० टिमको सहभागीता रहेको छ । प्रतियोगीतामा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ रुपया ,मेडल,प्रमाणपत्र तथा द्धितिय हुनेले ४४ हजार ,४ सय ४४ रुपया मेडल प्रमाण पत्र प्राप्त गर्नेछ । यही कात्र्तीक ६ गते देखि सुरु भएको प्रतियोगीता २० गते समापन हुनेछ ।

Loading...