तेस्रो बर्दगोरीया सेतिलोकमार्ग कप २०७३ को विजेता पशुपति युवाक्लब

घोडाघोडी युवा क्लबलाई ३-१ गोल अन्तरले हराउदै उपाधी चुम्न सफल

footकार्तिक, २० कैलाली ।
राष्ट्र निमार्णकर्तामा आजका युवाले नेतृत्व लिनुपर्ने बताउनु भएको छ । तेस्रो बर्दगोरीया सेतिलोकमार्ग कप २०७३ को समापन कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सो कुरा बताउनु भएको हो
समाजको अपेक्षा अनुसार समाज विकासका लागी युवा नेतृतवले समाजमा सकारात्मक पक्षका गतिविधिमा अग्रसरता देखाउनुपर्ने बताउनु भयो । समाजका विकृति र विसङ्घतीको अन्त गर्नु पर्ने अहिलेको आवश्यकता रहेको समेत बताउनु भयो ।
तेस्रो बर्दगोरीया सेतिलोकमार्ग कप २०७३ को विजेता पशुपति युवा क्लब दोदोधरा १ रानिकुण्डा भएको छ । शनिबार भएको फाईनल खेलमा घोडाघोडी युवा क्लबलाई १ गोलका विरुद्ध ३ गोल गर्दै पशुपति युवा क्लब उपाधी चुम्न सफल भएको हो ।
पशुपति युवा क्लबका तर्फबाट निलेश विष्टले २ गोल तथा कप्तान गजेन्द्र शाहीले १ गोल गर्न सफल भएका थिए । घोडाघोडी युवा क्लबका तर्फबाट १ मात्र गोल चेतन चौधरीले गरेका थिए ।
क्लबका अध्यक्ष प्रकाश साउदको सभापतीत्वमा भएको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल रहनु भएको कार्यक्रममा विशिष्ट अतिथि क्लबका संस्थापक अध्यक्ष बल बहादुर विष्ट, कैलाली उद्योग बाणिज्य महासंघका सदस्य तथा बौनिया जेसिजका अध्यक्ष शिवराज कुवर,बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक सुनार ,बसन्त मुरारी उमावि विदालय व्यवस्थापन समिपतका अध्यक्ष टंक कुवर, लगाएतका रहेका थिए ।
कर्यक्रममा नेपाली काग्रेसका दोदोधरा सभापती गणेश शाही,जनमोर्चा रुपा आलेमगर,बसन्त मुरारीका प्रार्चाय भुमि प्रकाश बम , कोसेली एफ एमका लिलाराज खत्री लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो । क्लबका सचिव धिरज शाहीले स्वागत गरेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष जिवन विसीले गर्नु भएको थियो ।
सडकपुर बौनिया युवा क्लबको आयोजनामा कार्तिक ६ गते देखी बसन्तमुरारी उमाविको प्रांगणमा शुरु भएको फुटबल खेलको प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ र द्धितिय पुरस्कार ४४हजार ४ सय ४४ रुपया रहेको छ ।

Loading...
loading...