Loading...

३ करोड नेपाली जनताले नै खेलेपछि नेपालले मकाउलाई पराजित गर्ने निश्चित छ : बिमल घर्तीमगर

bimal२९ कात्तिक, काठमाडौं ।
मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको फाइनल खेल खेल्नु अघि नेपालले स्ट्राइकर बिमल घर्ती मगरबाट ठूलो अपेक्षा राखेका बेला बिमलले फाइनलमा नेपाली टोलीले सक्दो प्रयास गर्ने बताएका छन् । भोली मकाउसँगको खेलमा नेपालका ११ जना खेलाडीले मात्रै नखेली ३ करोड नेपाली मैदानमा नै उत्रिने बताए ।

३ करोड नेपालीको भावनात्मक सहयोग आँफुले पाउनु भनेकै सबै नेपालीले खेल्नु आफ्नो बुझाई रहेको बताएका बिमल उपाधी कब्जा गर्नेमा ठुक्छ छन् । नेपालले उपाधिका लागी र मकाउसँग मलेसियाको सारावाक रंगशालमा नेपाली समय अनुसार बेलुका सवा पाँच बजे मैदानी भिडन्त गर्नेछ ।

त्यसअघि नेपाली टोलीले सेमिफाइनलमा लाओसालाई टाइब्रेकरमा हराएर फाइनलमा स्थान बनाएको हो भने मकाउले ब्रुनाइलाई टाइब्रेकरमा हराएर नेपालसँगको उपाधिका लागी आएको हो ।

Loading...
LottoLucker INT
loading...