Loading...

कुखुराको प्रमुख रोगहरु तीनको रोकथामका पुर्व ब्यवस्थापन ।

kedar-karki डा. केदार कार्की

एम्भी एस्सी प्रिभेन्टीभ भेट मेडिसीन फिलीपिन्स

कुखुराका पालन वाट फाइदा लीन यीनलाई लाग्न सक्ने रोगहरु लाई वेलैमा नियन्त्रणमा राख्नु आवश्यक हुन्छ । कुखुराका प्राय जसो रोगहरु वेक्टेरीया भाइरस परजीवी कृमी माइकोपल्ज्मा माइकोटोकसीन को साथ साथै असंतुलीत पोषण भिटामीन तथा खनीज लवरण , खोर तथा असामान्य वातावरण का कारण हुने गर्दछन । यदि रोगहरु वारे बेलामै धयान पुगेन भने छोटो समय मा नै बथान मासीन सक्छ । यस्तो अवस्थामा तत्कालीन उपचार प्रयास व्यर्थ हुन सक्छ । यसैले हामीले यी रोगको रोकथामका लागी पुर्व तयारीमा रहनु पर्ने आवश्यकता हुन्छ । रोगको सहि पहिचान रोगको रोकथाम का लागी महत्वपुर्ण कदम मानिन्छ । एउटा असमान्य कुखुराकामा लोसे हुनु दाना पानी कम खानु , बथानबाट बेग्लै बस्ने , मुख आखाँबाट पानी खस्नु ज्वरो आउनु , पातलो छेर्ने , निदाएको जस्तो गर्ने आदी सामान्य लक्षण देखिन सकछ ।

बर्ड फलु : यो रोग चाडै फैलीने कुखुराको खत्रनाक विरामी मानीन्छ । यस लाई कुखुराको पेल्ग भनि भनीन्छ । जुन एच ५ एन १ भाइरस का कारण हुने गर्दछ । यो रोग विरामी कुखुरा संगको सिघा संर्पक हावा तथा कुखुराको सुलीावाट फैलीन्छ ।

रोगको सामान्य लक्षण : याृ रोग देखीदा खोरमा मात्र नभई पुरै क्षेत्रको कुखुराहरु एक दुई दिनमा नै मरेर जान्छन । अरु लक्षहरु सास फेर्न गाह«ो , ध्यार ध्यार गर्ने , दिसा पातलो गर्ने , अनुहार सिउर , लोती , सुन्नीने , फूल उत्पादन कम हुने , फूलको बोक्रा पातलो नरम हुने गर्दछ ।

रोगको रोक : कुखुरा फार्म उचित जैविक सुरक्षा ब्यवस्थापन गर्ने रोग देखीए को खोरका सबै कुखुरा मारेर नष्ट गरी पुरने । खोरमा रहेका दाना दानाको अवशेष सोतर सबै डडाएर फाल्ने खोरलाई राम्रो संग निसंक्रमण गरेर ३ महिना बन्द गरी छाडी दिने । पुन त्यही खोरमा कुखुराका पाल्न परे ३ महिना पछि वर्ड फलु रहित बातावरण ठहर भई पछि अर्को वथान कुखुरा पाल्ने ।

रानी खेत : यो पारामिकसो प्रजातिको भाइरस को कारण हुने रोग मानीन्छ । भारतमा यो रोग सर्वप्रथम उत्तरान्चल को रानीखेत भन्ने ठाउँमा पहिचान भएकोले रानीखेत रोग नामारण गरीएको अभिलेख पाइन्छ । यो रोग संक्रमीत दाना पानी भाडा कुडा जंगली चराहरुको माध्यवाट फैलीन्छ ।

रोगका लक्षहरु : सास फेर्न गाह«ो हुने , खोकी लाग्ने , हरियो रंग को पातलो सुली , पखेटा , खुट्टाको पक्षघात , नरम पातलो फूलको वोक्रा हुने , गर्दन वटारने , फुल उन्पादन ५० प्रतिशत सम्म कम हुने । वथानमा मृत्यु दर ८० प्रतिशत हुन सकछ । यो रोग मानीसमा पनी सर्न सकछ । मानिसमा आखा पाकने लक्षण देखिन्छ ।

रोगको रोकथाम : यस रोग वाट बचाउन कुखुरा पाल्ने खोरमा जैविक सुरक्षाको उचीत ब्यवस्थापन गरीनु पर्दछ । कुखुराका चल्लालाई उमेर तथा खोपको किसिम एवं तालीका अनुसार वेलैमा यो रोग विरुद्ध खोप लगाउनु पर्दछ ।

फवल पोकस : यो बिषाणु द्धारा हुने रोग मानिन्छ । यसमा शरीरका मुख्य मागहरु खास गरी अनुहारम ाबिफरका धेरै फोका निस्कन्छन यो रोग दानाजन्य सामाग्री , विरामी कुखुराको संर्पक , हावा तथा शरीरमा भएको चोटपटकको माध्यमवाट शरीरमा प्रवेश गर्ने गर्दछ ।

रोगको लक्षण : यस रोगमा शरीरका विभिन्न भागमा स साना फोका देखिने गर्दछ । मुखवाट सेतो ¥याल काढने साथै आखाँमा पनी संक्रमण्म हुने गर्दछ ।

रोकथाम : कुखुरा पालीने खोरको वरीपरी राम्रो जैविक सुरक्षा प्रवन्द्यन गर्ने । खोर वरी परी पानी जम्न नदिने । उमेर तालिका अनुसार वेला अगावै रोग विरुद्ध खोप लगाउने ।

गंवोरो : यो रोग बिमा प्रजातिको भाइरसका कारण हुने गर्दछ । जुन खाद्य पदार्थ तथा पानीको माध्यमवाट सर्छ । शरीरमा रोग का जीवाणु प्रवेश गरेको २ – ३ दिनमा लक्षण देखिन थाल्द छ । यो रोग ले खास गरी साना चल्लालाई बढी असर गर्दछ । ठुला कुखुरालई सक्रमण गरेमा २–३ प्रतिशत मृत्यु दर हुने गर्दछ । यो रोगले कुखुराको शरीरमा हुने प्रति रक्षा प्रणाली लाई असर पु¥याउने गर्दछ ।

रोगका लक्षणहरु : कुखुराहरु आखा चिम्लेर झोक्रायर वस्दछन । तथा छेर्ने गर्दछन ।

रोगको रोकथाम : यो रोग रोकथामका लागी कुखुरालाई उमेर तालिका अनुसार नियमित खाप दिनु पर्दछ । विरामीलाई औषधि संगै दाना पानीमा स्कीम्ड दुध दिनुका साथै तनाव क मगर्ने तथा रोग प्रतिरोद्यक क्षमता वलीयो वनाउने खाले औषधि दिइनु पर्दछ ।

ब्रुडर निमोनिया : यो ढुशीको कारराले हुने गर्दछ । ढुसी दाना , पानी सोतर चिसो फिजेको ठा उ पुराना काठका सामाग्री बाट कुखुराकामा फैलीन्छ । कुखुराको खोरको बातावरण राम्रो नभए तथा अत्यद्यिक चीसोका कररा पनि यो रोग लाग्छ ।

सामान्य लक्षणहरु ः सास फेर्न गाह«ो , सधै निदाए जस्तो गर्ने , खोकी लाग्ने नाकबाट पानी खसाल्ने , शारिरीक तौल कम हुने , दाना कम खाने पखेटा तथा खेट्टाको पक्षघात , पानी धेरै खाने । प्रभावीत कुखुराको २४ देखि २८ घण्टामा मृत्यु हुने ।

रोकथाम : यस रोगको रोकथाम का लागी तनाव गराउने कारक तत्वको प्रयोग कम गर्ने । ढुसी उम्रीन सकने ठाउको सफाई पुरानो तथा विग्रेको दानाको प्रयोग बन्द गर्ने । ओसिएको दाना सुकाउने । सोतरको राम्रो ब्यवस्थापन । रोग पत्ता लाग्ने वित्तिकै पानीमा टकसीन वाइन्डर , ससीडी फायर हालेर खान दिने साथमा इम्युनो मोडुलेटर पनी ।

प्लुरोम रोग : यो रोग चल्ला कोरल्ने फुलवाट चाडै सर्ने रोग मानीन्छ । यो रोग भरखर कारलीएका चल्लामा बढी देखिन्छ । यो रोग बाट कुखुरा तंग्रीए पनी बाहकको रुपमा रहिरहन्छन ।

सामान्य लक्षण : प्रभावित फुलबाट कोरलीएका चल्ला मरेका हुनु वा केहि दिनमा नै अत्याद्यिक मृत्यु हुने । ठुलो कुखुरा निदाएको जस्तो गर्ने तनाव ग्रस्त तथा झाडा पखाला लाग्ने गर्दछ ।

रोकथाम : यस रोगको कुनै प्रभावकारी उपचार संभव छैन । त्यसैले रोग ठहर भएका बथान मास्नु पर्दछ । यस रोगका लागी कुनै खोप उपलब्ध छैन ।

कोली वसीलोसीस : यो इ . कोलाई को काररा हुने रोग हो जस्ले स्वास प्रस्वास तन्त्रलाई असर पार्दछ । जस्ले गर्दा कुखुराको मृत्यु हुन्छ । यस रोगले गर्दा चरामा खादय पोषण तत्व ग्रहण गर्ने क्षमता कम हुने गर्दछ । यस रोगका प्रमुख लक्षण सास फेर्न गाह«ो भई अचानक धेरै कुखुराको मृत्यु हुने । सास फेर्दा छुटटै किसिको आवाज निकाल्ने गर्दछन । रोकथाम वेलैमा कुखुराको रोग विशेषज्ञ संग सल्ला गरी उपयुक्त एन्टीवायोटिन दिन सकिन्छ ।

ककसीडियोसीस : यो आइमेरीया प्रजातीको प्रोटोजोवाको काररा हुने रोग मानिन्छ । यो रोग राम्रो सीत खोरको सरसफाई नगरीए वा भिजेको सोतरमा पालेकाजुन सुकै उमेरका कुखुरामा देखिन सकदछ । यस रोगको मुख्य लक्षण जमेको रगत मीसीयैको पातलो गन्हाउने दिसा गर्ने । रक्त अल्पता का काररा जीउ फोर्सो हुने तथा मृत्यु हुने गर्दछ । बाचेका कुखुरा पनी तौल नलाग्ने ख्याउटे हुने गर्दछन । यस्को उपचारका लागि विभिन्न खाले ककसीडियोस्टाट औषधि दिन सकिन्छ । रोकथाम का लागि य ीऔषधि नियमित रुपमा दाना अथवा पानिमा मिसाएर दिनु पर्दछ ।

कुखुराको पालनमा जैविक सुरक्षाको महत्व :
कुखुराको रोग वेलैमा नियंत्रण गर्न तथा कुखुरा पालेर फाइदा लीन जैविक सुरक्षा महत्वपुर्ण मानीन्छ । यो यस्तो विधि मानीन्छ जस्ले कुखुरा घरको व्यवश्थापकिय कौशल वाट कुखुरामा रोग लाग्ने प्रकृया न्युनिकरण गर्न सकिन्छ ।
फार्मेहिलहाइड फयुमीगेशन – यो फर्मलीनको भोलको रुपमा उपलब्ध हुन्छ । दुई भाग फर्मलीन तथा एक भाग पोटेशियम परम्यागनेट को मीश्रण वाट सिस्कने धुवाले चल्ला राख्न भन्दा २४–४८ घण्टा पहिले कुखुराको खोर सुककसीत गरीनु पर्दछ । यस्को लागी ३५ एम.एल फर्मालीन १७.५ गा्रम पोटाशी यमपरम्यागनेट को मीश्रण २.८३ मीटर को २ ठाउँमा प्रयाप्त हुन्छ । फयुमीगेशन २४ डिग्री सेन्टीग्रेड र ७्र्र्र्र्र्र्र५ प्रतिशत आद्रतामा २० मिनेट सम्म गरीने पर्दछ ।

हैपोकलो राइटस : ५ प्रतिशत को कलारीन को झोल ले खोरको भुइ तल सफ गर्न सकिन्छ ।

आयोगोफोर्स : आयोडिनको प्रयोग जुत्ता , पंजा , औजार भाडा कुडा तथा हातको सफाइमा प्रयोग गर्न सकिन्छ ।

फिनोलीक कम्पाउण्ड : क्रेसोल आदि खोरको पर्खाल पोल्दा रगहरु संग मिसाएर निसंक्रमणको लागी प्रयोग गर्न सकिन्छ ।
कुखुराको खोरको सोतर तथा अन्य सामाग्रीको व्यवस्थापन :
कुखुराको बिष्ढा तथा उत्पाद जस्तै प्वांख आदीको प्रयोग कृषि तथा माच्छा पालको लागी गर्न सकिन्छ कुखुरको सोतरलाई नववे दिन खाल्टो खनी पुरेु राखेर मलको रुपमा प्रयोग गर्न सकिन्छ । जस्मा २ प्रतिशत साइट्रीक एसीड २ प्रतिशत सोडीयम हाइड्रोअकसाइड मिसाउनु पर्दछ ।
यसका साथै कुखुराको खोर को वथान मा कुनै कुखुरा अचानक म¥यो भने तुरुन्तै वथानवाट छुटयाउनु पर्दछ । जस्ले गर्दा रोग अन्य कुखुरामा सर्न नपाओस कुखुरा को खोरमा छिर्ने ठाउँमा चुन पानीको व्यवस्था प्रत्येक खोरको लागी छुटटै कामदार अनावश्यक मानीसलाई कुखुराको खोर अवलोकन न गराउने कुखुराको खोर वरीपरी घास पात झाडी उर्मन नदिने साथै हिलो हुन र पानी जम्न नदिने गर्नु पर्दछ । दाना पानी सधै ताजा दिनु पर्दछ ।

Loading...
LottoLucker INT
loading...