१२ कक्षा पढ्ने युवकले थाले शैलुन पसल

1-1 ७ मंसिर, डोटी ।
बिहान भाले नबास्दै शैलुन पसलमा हातमा कैची र कांगियो खेलाउदै ग्राहकको कपाल काट्न ब्यस्त सिलगढीका एक युवकले रोजगारीका लागि बिदेशनै जानुपर्छ भन्ने मान्यतालाई तोड्दै शैलुन पसल संचालन गरी जिल्लामै नमूना बनेका छन् । डोटी जिल्ला सदरमुकाम सिलगढीस्थित श्री पद्य पब्लिक मुक्ति नारायण उच्च मा.बि.मा कक्षा १२ मा अध्ययनरत एक २० बर्षिय युवकले कपाल काट्ने ब्यवसाय सुरु गरेर स्वरोजगारमा नमूना बनेका छन् ।
उच्च शिक्षा अध्ययनरत युवकले जिल्लामै पहिलो पटक कपाल काट्ने ब्यवसाय सुरु गरेर अन्यलाई पनि उदाहरण पेश गरेका छन् ।

नवलपरासीको भार्तिपुर गा.वि.स.–७ घर भई सिलगढी बस्दै आएका मोतीराम वि.क. का जेठो छोरा २० बर्षिय अशोक वि.क.ले जिल्ला प्रहरी कार्यालयनजिकैको अछाम साँफेबगर सडक छेउको प्रहरी ब्यारिअल नजिकै कार्तिक २१ गतेदेखी कपाल काट्ने ब्यवसाय सुरु गको हुन् ।

अहिले उनको शैलुन पसलमा दैनिक २० जना ग्राहक आईरहेको र १२ देखी १५ सय रुपैयाँ आम्दानी हुने उनले बताए । छिमेकी जिल्ला भारत घर भई विगत ८ बर्षदेखी सिलगढीमै मस्तान शैलुन पसल संचालन गर्दै आएका चमन अन्सारीसंग ८ महिनासम्म कपाल,दाह्री काट्न सिकेका उनले करिब ६० हजार लगानी गरेर शैलुन पसल संचालन गरेका छन् ।
मासिक १ हजार ५ सय भाडामा लिएर शैलुन पसल सुरु गरेका उनले कपाल काटेको प्रति ब्यक्ति ५० रुपैंया र दाह्री काटेको ४० रुपैंया र मेसिनले कपाल काटेको ६० रुपैयाँ लिने गरेको बताए ।

उनका बुबा कामको शिलशिलामा १४ बर्षअघि डोटी आएको र सिलगढीमै बिवाह गरी बस्दै आएका हुन् । अहिलेको शिक्षाबाट सहजै रोजगारी पाउन नसकिने र कामको खोजिमा भारत या विदेश चाहारिनु पर्ने अवस्थामा स्थानीय तवरमै व्यवसाय गर्न सकिन्छ भन्ने सोचाईका साथ हेयर कटिङ् व्यवसायमा लागेको उनले बताए ।

डोटीमा मिस्त्री काम गरी परिवार पाल्दै आएका बुवा केही बर्षदेखी अस्वस्थ रहेको र आर्थिक अबस्था कमजोरीका कारण दैनिक घर खर्च चलाउन मुस्किल परेपछि शैलुन पसल सुरु गरेको उनि बताउछन् ।

आर्थिक अबस्था कमजोरीका रामंो अंक प्राप्त गरि एस.एल.सि.उतिर्ण गरेपनि साईन्स बिषय लिएर उच्च शिक्षा अध्ययन गर्न नपाएको बताउदै उनले आफु जेठो छोरो भएकाले परिवार पाल्न शैलुन पसल संचालन गरेको बताए ।

उनकी आमाले पनि घर खर्च चलाउन दैनिक मजदुरी गर्दै आएकीछिन् भने कक्षा १२ मै पढ्दै आएका भाई गोबिन्द वि.क.सामुदायिक रेडियो त्रिबेणी एफ.एम.मा काम गर्दै आएका छन् । र अहिले समय मिलाएर दाजुसँगै शैलुनको काम सिकि रहेका छन् ।

उनकी बहिनी अश्मिता अहिले श्री पद्य पब्लिक मुक्ति नारायण उच्च मा.बि.मा कक्षा ९ मा अध्ययनरतछिन् ।

सिलगढीमा रहेको राणाकालिन दरबार हाल सिलगढीका स्थानीय सँस्कार अमात्यको नाममा रहेको मुलढोकाको संरक्षण तथा हेरचाहको जिम्मेवारी लिएवाफत ५ सदस्यीय परिवार निशुल्क रुपमा डेरा गरि बस्दै आएका छन् ।

‘गरे सबै सम्भव’ छ भन्ने मान्यतालाई अशोकले स्थापीत गरेको र अन्य युवाहरुले पनि अशोकबाट पाठ सिक्नु पर्ने शैलुनमा कपाल काट्न पुगेका सानागाउँ गाविसका गणेश कोलीले बताए । सिलगढीमा एउटा मात्रै शैलुन पसल भएकाले कपाल काट्न निकै समय लाईन बस्नुपर्ने बाध्यता रहेको र दिपायल जानुपर्ने समस्या टरेको बताईएको छ ।

यसअघि जिल्लामा घरेलु तथा साना उधोग समिति राजपुर र गरिबी न्यूनिकरण कार्यक्रम अन्तर्गत केयर नेपालको सहयोगमा समाज सेवा डोटीले हेयर कटिङ् तालिम उपलब्ध गराएको थियो । जिल्लाको बिभिन्न गाउका धेरै जना युवाले सो तालिम लिएपनि हालसम्म पसल संचालन गर्न सकेका थिएनन् ।
अशोक जस्तै उदाहरणीय काम गर्ने जो कोहि युवाले योजना सहित दिपायल सिलगढी नगरपालीकामा आएमा सहयोग गर्न आफुहरु तयार रहेको दिपायल सिलगढी नगरपालीकाका प्रशासकीय अधिकृत विष्णुप्रसाद जोशीले बताए ।

Loading...
loading...