लगानीकर्तालाई निराश तुल्याउनेगरी सेयर बजारमा गिरावट

share-market१२ मंसिर, काठमाडौं ।
सेयर बजारमा पछिल्ला दिनमा भइरहेको भारी गिरावटले आइतबार उछिनेको छ । आज बजार परिसुचक झण्डै ६५ अंकले घटेको छ भने बिमा समूहको उपसुचक मात्रै ५६३ अंकले घटेको छ ।

कारोबार सुरु भएको ४० मिनेटमै बजार ३ अंकले घटेपछि सर्किट ब्रेकर लगाइएको थियो । नेप्से चार दशमलव २१ प्रतिशतले घटेर एक हजार ४७८ अंकमा आइपुगेको छ । कारोबार रकम भने अघिल्लो दिनकै सरदरमा ९६ करोड रुपियाँ भएको छ ।

साताको पहिलो दिनै सेयरमा भारी अंकले गिरावट आउँदा निराश रहेका साधारण लगानीकर्तामा थप निराशा थपिएको छ । आज कुनै पनि उपसुचकहरु उकालो लाग्न सकेनन् । जसअनुसार बिमा समूह मात्रै ७ दशमलव ५१ प्रतिशतले ओरालो लागेको छ भने होटेल १४६ दशमलव ०४ अर्थात ७ दशमलव २१ प्रतिशत, जलविद्युत १०४ दशमलव २९ अंक अर्थात ५ दशमलव ३४ प्रतिशत, बिकास बैंक ६५ दशमलव ६७ अंक अर्थात ४ दशमलव १६ प्रतिशत, बैंक ५२ दशमलव ५४ अंक अर्थात ३ दशमलव ६४ प्रतिशत, वित्त २६ दशमलव ७ अंक अर्थात ३ दशमलव ५५ प्रतिशत र अन्य समूह १९ दशमलव ०८ अर्थात २ दशमलव ५३ प्रतिशतले घटको छ ।

पछिल्ला दिनहरुमा कारोबारमा अग्रता लिँदै आएको एभरेष्ट बैंकको कारोबार रकम आज पनि उच्च रह्यो । एभरेष्टको कारोबार ११ करोड रुपियाँभन्दा बढि भए पनि सेयर भने ७५ रुयियाँले घटेको छ ।

आजको कारोबारमा गुमाउने कम्पनीको संख्या ११४ छ भने जम्मा पाँच कम्पनीले मात्रै कमाएका छन् । ग्रीन डेभलोपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतले कमाएका छन् भने बढि गुमाउनेमा हिमालय जनरल इन्स्योरेन्स, साना किसान विकास बैंक, लक्ष्मी लघुवित्त वित्तीय संस्था, प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनीको सेयर १० प्रतिशतले घटेको छ भने धेरै कम्पनीको सेयर नौ प्रतिशतभन्दा बढिले घटेको छ ।

सेयर बजार लगातार ओरालो लाग्दा लगानीकर्ता घाटै खाएर पनि सेयर बेच्न बाध्य भएका छन् । तर कारोबार रकम राम्रो भएकाले नेप्से ओरालो लाग्ने क्रमस विस्तारै सुधार हुने कतिपयको विश्लेषण छ । यद्यपि संस्थागत लगानीकर्ताहरु अझै पनि कारोबार गर्नेतर्फ त्यत्ति रुची देखाएका छनन् ।

Loading...
loading...