आज पनि बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदै छ कारोबार

gold१३ मंसिर, काठमाडौं ।
साताको पहिलो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रति तोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा २ सयले बढेर प्रति तोला ५४ हजार ७ सयमा कारोबार भईरहेको छ ।

त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी प्रति तोला ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ। यो अघिल्लो दिनको तुलनामा १० रुपियाँले बढी हो ।

नेपाल सुनचांदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार ६ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ८१ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

Loading...
LottoLucker INT
loading...