माउरिन्होले पानीको बोतललाई नै भकुण्डो बनाए

jose-mourinho१३ मंसिर, काठमाडौं ।
जोसे माउरिन्होलाई मैदानबाट बाहिर पठाइएको खेलमा म्यानचेष्टर युनाइटेड वेष्टहामसँग बराबरीमा रोकिएको छ ।

घरेलु मैदान ओल्ड टाफडमा भएको खेलमा म्यानचेष्टर युनाइटेडले वेष्टहामसँग १–१ को बराबरी खेलेको हो । वेष्टहामले दोस्रो मिनेटमा नै साखोको गोलबाट अग्रता लिएको थियो । तर, २१ औं मिनेटमा जाल्टन इब्राहिमोभिचले युनाइटेडका लागि बराबरी गोल फर्काए ।

खेलका क्रममा फलको नक्कल गरेको भन्दै पल पोग्बालाई रेफ्रीले पहेँलो कार्ड दिए । र, रिप्लेमा पनि वेष्टहामका मार्कले पोग्बालाई फल गरेको देखिँदैन ।

तर, टचलाइनमा रहेका प्रशिक्षक माउरिन्हो आक्रोसित भए र पानीको बोतललाई भकुण्डो बनाएर किक हाने । लगतै रेफ्रीले उनलाई मैदान छाड्न निर्देशन दिए । रेफ्रीले माउरिन्होलाई मैदान बाहिर पठाएको एक महिनामा यो दोस्रो पटक हो । अनलाइनखबर

Loading...
loading...