मलेसियामा हिमालयन फूटबल टुर्नामेन्ट हुने

football-1मलेशिया, १८ मंसिर ।
यहि आउदो चाइनिज नयाँ बर्ष २०१७ को विदाको अवसर पारेर मलेसियामा हिमालयन फूटबल क्लबले फूटबल टुर्नामेन्ट गर्नेभएको छ ।
यहि शनिबार ३ डिसेम्बरको दिन क्वालालम्पूर अवस्थित एक होटलमा संघ संस्थासँगको अन्र्तक्रिया कार्यक्रम आयोजना गरि उक्त प्रतियोगिताको बिषयमा जानकारी गराइएको थियो । जनवरी २८ देखि ३० सम्म, साहआलम स्थित सेक्सन २१ मा पानासोनिक स्टेडियममा सञ्चालन गरिने टुर्नामेन्टमा ३० वटा भन्दा बढी फूटबल टीमको सहभागिता रहने आयोजक मध्येका एक सन्तोष कार्कीले जानकारी गराउनुभयो ।
गत बर्ष देखि मलेसियाको लामो विदाको अबसर पारेर टुर्नामेन्टको आयोजना गर्दै आएको हिमालयन फूटबल क्लब अब मलेसियामै दर्ताको प्रक्रियामा रहेको जानकारी गराउदै क्लबका शिव सुवेदीले सबै नेपालीले क्लबको सदस्यता लिन र मलेसियामा नेपाली फूटबल खेलाडी तथा खेलको प्रबद्र्धनमा सहयोग गर्न कार्यक्रममा उपस्थित संघ संस्थाका प्रतिनिधि लगायतलाई आग्रह गर्नुभयो ।
अबको बर्षहरुमा पनि निरन्तर फूटबल प्रतियोगिताहरुको आयोजना गर्ने जानकारी गराउदै आयोजक सुवेदीले प्रथम हुने टीमलाई १८ हजार आरएम, दोश्रो हुने टीमलाई ९ हजार आरएम तेश्रो हुने टीमलाई ३ हजार आरएम, शिल्ड तथा प्रमाण पत्र उपलब्ध गराउने जानकारी गराउनुभयो । प्रतियोगिताको हरेक टीमलाई प्रवेश शुल्क भने आरएम १८ सय रहने जानकारी गराइयो ।
कार्यक्रमको मुख्य आकर्षण तथा प्रमुख अतिथि नेपालबाट पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली उपस्थित हुने जानकारी गराइयो ।

Loading...