मन्त्रीले सरुवा गरिदिने भन्दै महिलासँग यौन प्रस्ताव राखेपछि

एजेन्सी ।
भारतको कर्नाटक राज्यका एक सिनियर मन्त्रीको सेक्स टेप सार्वजनिक भएको छ । सेक्स स्क्यान्डल सार्वजनिक भएपछि कंग्रेस आई पार्टीका ७१ वर्षीय मन्त्री एचवाई मोतीले पदबाट राजीनामा दिएका छन् ।

सूचनाको हक्सम्बन्धी एक अभियन्ताले महिलासँग आपत्तिजनक अवस्थामा रहेको भिडियो टेप देखेको भन्ने अभिव्यक्ति सञ्चार माध्यममा सार्वजनिक गरेपछि उनले राजीनामा गरेका हुन् ।मन्त्री मोतीले ती महिलासँग सरुवा गर्न यौनसम्पर्कको प्रस्ताव राखेको ती अभियन्ताले दाबी गरेका छन् ।

त्यहाँको स्थानीय टेलिभिजन च्यानलले मन्त्री मोती र ती महिलाबीच भएको भनिएको यौनसम्पर्कको भिडियो धमिलो पारेर प्रसारण गरिरहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।तर, मोतीले भने आफ्नो त्यस्तो कुनै पनि सेक्स टेप नभएको दाबी गर्दै छानबिनको माग गरेका छन् ।उनले छानबिनमा पूर्ण रुपले सहयोग गर्ने बताएका छन् । यस विषयलाई लिएर कर्णाटक राज्यको राजनीति तातेको छ । – राजधानी

Loading...
loading...