पेट्रोलियम पदार्थको मूल्य बढ्यो, आइतबार राती १२ बजेदेखि बढेको मूल्य लागू हुने

काठमाडौँ, ३ पुस ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा समायोजन गरी चार रुपैयाँ ५० पैसा वृद्धि भएको निगमका प्रवक्ता भानुभक्त खनालले जानकारी दिनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता भएको बताउनुभयो । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

भारतीय आयल निगमले केही दिनअघि पेट्रोलियम पदार्थको मूल्य बढाएको तथा भारतीय स्थानीय निजी पम्पमा पनि खुद्रा मूल्य बढेकाले नेपालमा मूल्य बढाउनु परेको निगमको भनाइ छ ।

Loading...
LottoLucker INT
loading...