Loading...

सरकारले इन्डक्सन चुल्होको मूल्य ७० प्रतिशत घटायो

काठमाडौँ, पुस १० ।
चीन सरकारले अनुदानमा उपलब्ध गराएको इन्डक्सन चुल्हो महँगो मुल्यका कारण बिक्री नभएपछि सरकारले मूल्य घटाएर बेच्ने भएको छ ।

गत बर्ष भारतले नाकाबन्दी लगाएको बेला चीन सरकारले १० हजार थान इन्डक्सन चुल्हो सरकारलाइ अनुदान दिएको थियो ।

बजार मूल्यभन्दा चार गुणा बढी मूल्य निर्धारण गरिएका कारण इन्डक्सन चुल्हो बिक्री भएको थिएन । करिब एक बर्षसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गोदाममै थन्किएका यी इन्डक्सन चुल्हो सरकारले मूल्य घटाएर बेच्ने तयारी गरेको खबर आजको कारोबार दैनिकमा छ ।

प्रतिचुल्हो ११ हजार रुपैयाँ मूल्य निर्धारण गरेका कारण एउटा पनि नबिकेपछि सरकारले मूल्य घटाएर ३ हजार ५ सय रुपैयाँमा बिक्रिी गर्ने गरी तयारी गरेको हो ।

Loading...
LottoLucker INT
loading...