मलेसियामा साकेला भव्यरुपमा सम्पन्न

क्वालालाम्पूर, १२ पुस ।
किरात राईहरुको महान चाड उधौली (साकेला) २७ डिसेम्बर मा मलेसियामा भव्य रुपमा सम्पन्न भएको छ ।
किरात राई यायोख्खाद्धारा आयोजित साकेला कार्यक्रममा किरात राईहरुले मनाउने गरेको उधौली (साकेला) कार्यक्रमको बिषयमा प्रकाश पार्नुका साथै साकेला नृत्यको पनि आयोजना गरिएको थियो ।
जनजाति महासंघका अध्यक्ष दीपक तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मलेसियामा अवस्थित विभिन्न जातिय संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले कार्यक्रम आयोजकलाई बधाई तथा शूभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मलेसिया अवस्थित राई समुदायबाट विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने राई ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा फिलिपिन्समा सम्पन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागिता जनाएर स्वर्ण पदक प्राप्त गर्ने कराँते खेलाडी कर्ण राई, एनआरएनए मलेसियाका अध्यक्ष विश्व राईलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको प्रमुख आकर्षण रहेको साकेला नृत्यका क्रममा सम्पूर्ण सहभागीहरुले नृत्यमा सहभागिता जनाएका थिए ।

Propellerads
Loading...
loading...