भिडमा समेत चर्चा सुनेपछि के गरिन सर्वदाले

सर्वदा अधिकारी
अनवरत जिन्दगीमा कयौ सपना बुनेको छु ।
सुख दुःख बाड्न भनी तिमीलाई चुनेको छु ।।
गोधुलीमा संगै हिड्न तिम्रो साथ जाती लाग्यो ।।।
त्यसैले त मायाँको फुल धागोले उनेको छु ।।।।

भिडमा सधै तिम्रो नै चर्चा हुन्छ सुनेको छु ।
अजम्वरी होस यो चर्चा, मन मनै गुनेको छु ।।
अलौकीक यो रङ्गमञ्चमा सवै खुशी खोज्दा रैछन ।।।
तिम्रो मनलाई खुशी राख्न आफ्नो इच्छा थुनेको छु ।।।।

Loading...
loading...