फेरी ह्वात्तै घट्यो सुनको भाउ

१६ पुस, काठमाडौं ।
अंग्रेजी नयाँ वर्षको पहिलो दिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ।

अघिल्लो दिन प्रतितोला ५३ हजार रुपैयाँ रहेको सुन आइतबार ५२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य १० रुपैयाँले घटेर ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

Loading...
loading...