Loading...

दोस्रो बिहे गरेका नेपाली अभिनेत्री

२४ पुस, काठमाडौं ।
हाम्रो समाजले अहिले पनि दोस्रो बिहेलाई सामाजिक मान्यता दिन हिचकिचाउँछ । तर, सधैँ सोचेकोजस्तो कहाँ हुन्छ र ? पहिलो सम्बन्ध बिग्रिएपछि बाँकी जीवन बिताउन दोस्रो बिहे गर्नेको संख्या भने बर्सेनि बढिरहेको छ । एकथरी मानिस भन्छन्, बलिउड र हलिउडमा त दोस्रो बिहे फेसन भइसकेको छ । कलिउडमा पनि दोस्रो बिहे गरेका अभिनेत्रीको संख्या त्यति धेरै छैन ।

अभिनेत्री पूजा चन्द
फोटोग्राफर सुरज चन्दबीच प्रेमबिहे भएको थियो । तर, उनीहरूबीचको सम्बन्ध त्यति लामो समय रहन सकेन । सामान्य फोटोग्राफर र चलेकी हिरोइनले अन्ततः डिभोर्स गर्ने निर्णय गरे । पूजाले सुरजलाई छाडिन् । कानुनी रूपमा सम्बन्धविच्छेद नगरीकनै धेरै वर्ष सुरज र पूजा अलग्गिएर बसे । पछि, पूजा अमेरिका उडिन् । सुरज रिया नामक युवतीसँग लिभ–इन–रिलेसनमा बसे । अमेरिका पुगेपछि पूजाले राजु लामासँग बिहे गरिन् । यता, सिम्रन पोखरेलसँग बिहे गरेका सुरजको फेरि पनि बिहे लामो समय टिकेन । सिम्रनले सुरजलाई छाडेर अर्को बिहे गरिसकेकी छिन् ।

अर्की पुरानी अभिनेत्री सारंगा श्रेष्ठको अभिनेता रमेश उप्रेतीसँग घनिष्ट प्रेम थियो । सारंगा अमेरिका उडिन्, सँगसँगै रमेशसँगको प्रेम पनि । अमेरिका उडेको केही वर्षपछि सारंगाले उतै अमेरिकी नागरिकसँग बिहे गरिन् । तर, उनको बिहे लामो समय टिकेन । केही वर्षपछि उनीहरूले सम्बन्धविच्छेद गरे । डिभोर्सपछि सारंगाले सन् २०१३ मा आफूभन्दा दुई वर्ष कान्छा अमेरिका निवासी म्याग्दीका ३४ वर्षीय युवा रमेश कार्कीसँग दोस्रो बिहे गरिन् ।

अभिनेत्री सारंगा श्रेष्ठ

अभिनेत्री सौजन्य सुब्बाले पनि दोस्रो बिहे गरेकी हुन् । पहिलो बिहे केही वर्षमै टुटेपछि सौजन्य निर्माता, अभिनेता रोज राणाको प्रेममा परिन् । रोजसँग दुई वर्ष लिभ–इन–रिलेसनसिपमा बसेकी सौजन्यलाई भुपेन चन्दले पनि माया गर्दा रहेछन् । जसकारण सौजन्यसँगको सम्बन्धका कारण रोज र भुपेनको राम्रै झगडा परेको थियो । पछि, भुपेनले सौजन्यसँग बिहे गरे । भुपेनको पनि सौजन्यसँग दोस्रो बिहे हो । बिहेपछि उनीहरू अमेरिकामा बस्ने गरेका छन् ।

अमेरिका गएकी जल शाहले त्यहाँ निवासी शरद रिमालसँग बिहे गरिन् । जलको पहिलो भए पनि शरदको भने जलसँग दोस्रो बिहे हो । जल र शरदकी कलश नामक सात वर्षीया छोरी छिन् । अभिनेत्री दिया मास्केले गत वर्ष अनुप बरालसँग बिहे गरिन् । दिया अनुपकी दोस्री पत्नी हुन् । त्यसैगरी, ऋचासिंह ठकुरी पति गजेन्द्र थापाकी कान्छी हुन् । त्यसो त शर्मिला मल्ल पनि कृष्ण मल्लकी कान्छी पत्नी हुन् । शर्मिला अघि कृष्णले शिखा मल्ललाई बिहे गरेका थिए । सिम्पल खनालले गत वर्ष भारतीय मूलका अमेरिका निवासी युवा नदिमसँग बिहे गरिन् । नदिमभन्दाअघि उनी म्युजिक भिडियो निर्देशक प्रसन्न पौडेलसँग लिभ–इन–रिलेसनसिपमा थिइन् ।

अभिनेत्री साैजन्य सुब्वा
झरना बज्राचार्यले गत वर्ष मलेसियन व्यापारी राहुल अग्रवालसँग बिहे गरिन् । झरनाले त्यसअघि सन् २००७ मा बिट्रिस नागरिक वारेन कारेरसँग इन्गेजमेन्ट गरेकी थिइन् । केही वर्षसँगै बसेका उनीहरू अन्ततः छुट्टिए । राहुल ‘सेफल्यान्डिङ’ नामक नेपाली फिल्मका सहनिर्माता हुन् । फिल्म सुटिङका क्रममा उनीहरूबीच हिमचिम बढेको थियो । बिहे नै नगरी वर्षाैंदेखि प्रेमीसँगै बस्ने गरेका अभिनेत्रीको कमी भने छैन । नयाँ पत्रिकामा खबर छ ।

Loading...
LottoLucker INT
loading...