Loading...

चार नेपाली सेलिब्रेटी जोडी, जो बिहे नगरी सँगै बसे

काठमाडौं ।
आधुनिकताको नाममा पछिल्लो पुस्ता लिभिङ टुगेदर अर्थात विवाहपूर्व सँगै बस्ने प्रवृत्ति बढ्दै गएको छ । विशेष गरी सहरका युवापुस्ता यस मामिलामा अघि छन् ।
लिभिङ टुगेदरले समाजमा विकृति भित्रने भन्ने विचार राख्ने जमात यकातिर छ भने केही आधुनिक युवा भने यसले माया झाङ्गिने विश्वास राख्छन् । यही विश्वासमा अघि बढेका केही नेपाली कलाकार जो आफ्नो प्रेमी प्रेमीकासँग विवाहपूर्व नै सँगै बसे ।
भुवन केसी र जिया केसी
नायक भुवन केसी र विवादित अभिनेत्रीको परिचय बनाएकी जीया केसीको सम्बन्धको चर्चा एकताका निकै भयो । महिलासँग सम्बन्ध बनाउनमा अघि रहेका भुवनले आफ्नी छोरीको उमेरकी अभिनेत्रीसँग पनि सम्बन्ध बनाए । लिभिङ रिलेसनसिपमा रहेको यो जोडीको विवाहको कुरा पनि मिडियामा आयो
जियाले पत्रपत्रिकालाई अन्र्तवार्ता दिँदै भुवनले प्रस्ताव राखेको खण्डमा आफू विवाहको लागि तयार भएको बताएकी थिइन् । जीयाले आफूलाई मायालु र ह्याण्डसम पुरुष मन पर्छ भन्दै यी सबै कुरा भुवन केसीमा भएको पनि खुलाएकी थिइन् । मिडियाले पटक पटक प्रश्न गर्दा स्पष्टीकरण दिँदै जियाले भुवनलाई एक्लो देखेर माया गरेको र उनीसँग विवाह गर्न चाहेको खुलाएकी थिइन् ।
एकताका जियाले भुवनकै घरमा अड्डा जमाएकी थिइन् । कामको शिलशिलामा भुवनको घरमा पुग्ने प्राय सिनेकर्मीले जियालाई देख्ने गरेको खरबहरु बाहिरिएका थिए । यस वर्षको दसैँैको टिकासमेत जीयाले भुवनको घरमै लगाएका थिइन् । अहिले भने उनीहरुको प्रेमको चर्चा सेलाएको छ । हाल भुवन छोरा अनमोलसँग बस्छन् ।
ऋचा शर्मा र विनय श्रेष्ठ
नायिका ऋचा शर्मा र नायक विनय श्रेष्ठले प्रेमलाई कहिल्यै पनि लुकाएनन् । उनीहरु एकअर्काको मायामा सात वर्षसम्म रमाए । सात वर्षपछि उनीहरुको प्रेममा पूर्णविराम लाग्न पुग्यो भने विनयले एनी थापालाई झ्याइ पारे । सात वर्षको सहयात्रामा उनीहरुले केही सिनेमामा पर्दा बाँडे भने एक सिनेमा निर्माण पनि गरे । उनीहरुले निर्माण गरेको सिनेमा भिजा गर्ल असफल भएसँगै उनीहरुको सम्बन्धमा पनि फाटो आयो । सात वर्षको अफेयरको समयमा उनीहरु लिभिङ टुगेदरमा रहेका खबरहरु पनि सार्वजनिक भएका थिए । विनयसँग ब्रेकअप भएपछि ऋचाले आफूलाई त्यो पीडाबाट बाहिर निस्कन समय लागेको बताएकी थिइन् । हाल भने उनी पूर्णरुपमा सिंगल र खुसी जीवन बिताइरहेकी छिन् ।
शिल्पा पोख्रेल र छविराज ओझा
सिनेमा लज्जा चलाउनका लागि शिल्पा र छविले आफ्नो विवाहको कुरा सार्वजनिक गरे । शिल्पाले हुन्छ भने म बिहे गर्छु भन्ने छवि र छविले मलाई प्रस्ताव राख्नु भयो भने म पनि तयार छु भन्ने शिल्पा लिभिङ टुगेदरमा भएका खबरहरु पनि सार्वजनिक भए ।shilpa-and-chhabi
उनीहरुलाई प्राय सँगै देखेका कारण केही मिडियाहरुले सँगै बसेका खबरहरु प्रकाशित गर्दा पनि उनीहरुले यी खबरहरुको खण्डन गरेनन् । केही समय अघि प्रदर्शनमा आएको चलचित्र किस्मत २ प्रदर्शन आउनुपूर्व विवाहको हल्ला निकै चलेको थियो । जुन हल्लाले अझै छोड्न सकेको छैन भने विवाहको कुरा गर्दा अचेल छवि तर्केर हिँड्ने गर्छन् ।
शुष्मा कार्की र नरेन श्रेष्ठ
नायिका शुष्मा कार्कीले चर्चामा आउनको लागि धेरै फण्डाहरु अपनाइन् । उनी विवादित अभिनेत्रीको रुपमा पनि परिचित छिन् । शुष्मा गेटअप र ब्रेकअपका कारण धेरै चर्चामा रहिन् । उनले लगाउने छोटो लुगाको चर्चा एक ठाउँमा छ भने अर्कातिर उनको पटक पटकको ब्रेकअपले पनि खुबै चर्चा पायो ।

उनी प्रेमी नरेन श्रेष्ठसँग एक वर्ष लिभिङ रिलेसनसिपमा रहिन् । पछि उनी ब्रेकअप भयो भन्दै आफ्नै घरमा आएर बस्न थालिन् । नरेनको प्रेममा हुँदा नरेनको नाम आफ्नो डाढमा खोपाएकी शुष्माले ब्रेकअप भएसँगै उक्त ट्याटु ढाडबाट हटाइन् पनि । शुष्माले सँगै बस्दा नरेनले आफूलाई यातना दिएको, पिटेको भन्दै मिडियामा खुलेरै कुरा गरेकी थिइन् । नरेन भन्दा पहिले शुष्माको निर्देशक सुदर्शन थापासँग अफेयर थियो । ७१ सालमा प्रेमी नरेनसँग अलग भएकी शुष्माको प्रेमको चर्चा अहिले भने छैन ।

Loading...
LottoLucker INT
loading...