मृत्युभन्दा पहिले विद्यार्थीका अन्तिम सेल्फी(फोटोफिचर)

पञ्जाबको लुधियानास्थित साउथ सिटी रोडमा उच्च गतिको होन्डा सिटि कार सडकको किनारामा ढुङ्गामा ठोक्किएपछि ८ फिटमाथि उछिट्टिएर रुखमा ठोक्कियो । जसका कारण कारमा सवार दुई युवती र दुई युवकको घटनास्थलमा नै मृत्यु भयो भने कारको पछाडि बस्ने एक युवक गम्भीर रुपमा घाइते भएका छन् ।

घटनाको केहि मिनटे पहिले पाँचै जना रोकिएर फोटो खिचेका थिए । फोटो खिचेपछि उनीहरुको कार चलाए र भिडियो बनाउन सुरु गरे ।

– भिडियोमा पाँचै विद्यार्थी ठूल्ठूला आवाजमा ‘लिखे जो खत तुझे…’ गीतमा झमिरहेका थिए र गाडीको गती पनि निकै तेज देखिएको छ ।उक्त फोटो र दुई मिनेटको भिडियो बनाएलगत्तै उनीहरुले स्न्यापच्याट एपमा पनि अपलोड गरेका छन् ।

– स्रोतका अनुसार दिउँसो करिब २ बजेर १५ मिनेटमा भएको उक्त दुर्घटना यति भयानक थियो कि कार चलाइरहेका गौरिश वर्माको गिदी रुखमा टाँस्सिएको थियो ।

– एक युवतीको हात उखेलियो, एक युवकको टाउको किच्चियो र अर्काको खुट्टा फाटियो ।

– प्रत्यक्षदर्शीका अनुसार कारको गती १५० किलोमिटर प्रतिघण्टा भएका कारण कार टुक्रा टुक्रामा बाँडिएको थियो ।

– स्थानिय थाना मुल्लापुरका पुलिसले अन्य मानिसको सहयोगले शवलाई बाहिर निकालेको बताइएको छ ।

– मृतकको पहिचान संयम अरोडा, गौरीश वर्मा, रिशिका बस्सी र मालीगञ्जकी इशानी जिन्दलको रुपमा भएको छ ।

– अक्षित ग्रोवर (२४) अस्पतालमा उपचार गराइरहेका छन् । मृतक सबैको उमेर २२ देखि २४ बिच रहेको बताइएको छ ।

तीन महिना पहिले खरिद गरेका थिए कारः

– जानकारीका अनुसार संयम अरोडा गजियाबादको एक कलेजबाट बी–टेक गरिरहेका थिए र उनका पिताको अरोड रिफ्रेशमेन्टको नामको एउटा पसल छ ।

– गौरीश मंडी इन्जिनियरिङ गरिरहेका र ईशानी लुधियाना सरकारी कलेजमा बीए फाइनलकी छात्रा हुन् ।

– इशानीका पिता कर्पोरेहनका जोन–डीमा क्लर्क छन् । संयमले तीन महिना पहिले मात्र नयाँ होन्डा सिटि कार खरिद गरेका थिए ।

– कलेजमा जाडो महिनाको छुट्टी चलिरहेको थियो र पाँचैजनाले शुक्रबार बिहान घुम्न जाने योजना बनाएको बताइएको छ ।

– योजना अनुसार उनीहरु सबै दिउँसो १ बजेतिर घरबाट निस्किएका थिए । कारलाई गौरिशले चलाइरहेका थिए ।

– उनीहरुले चारवटा बियरको बोतलसमेत किनेको भेटिएको छ ।

– कारको एकाएक नियन्त्रण बिग्रिएपछि सडकको किनारामा रहेको ढुङ्गामा ठोक्किएपछि टेक–अफ गरेर ८ फिट माथि उछिट्टिएर एउटा रुखमा ठोक्किन पुगेको थियो ।

– कार सवारले मदिरा पिएका थिए, थिएनन् भन्नेबारे पोस्टमर्टम रिपोर्ट आएपछि थाहा हुने बताइएको छ ।

Loading...
LottoLucker INT
loading...