राष्ट्रपतिले भनिन्- पृथ्वीनारायणको उचित सम्मान हुनुपर्छ

२५ पुस, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरणका नायक एवं राष्ट्रियता, एकता र अखण्डताका प्रतिक पृथ्वीनारायण शाहप्रति आफ्नो उच्च सम्मान रहेको बताएकी छन्। राष्ट्रपतिको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘आफू आज यो देशको नागरिक र राष्ट्रपति हुनुमा उनको एकीकरणको ठूलो योगदान छ। पृथ्वीको मुल्याङ्कन र सम्मानका लागि राजनीतिक आग्रह र पूर्वाग्रह लिइरहनु पर्दैन।’ यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। राष्ट्रपति भण्डारीले आइतबार शितल निवासमा राप्रपाका प्रमुख सचेतक दीलनाथ गिरी र सचेतक पर्शुराम तामाङसँग यस्तो बताएकी हुन्। गिरी र तामाङले आगामी २७ गते सार्वजनिक विदा घोषणा गरिदिनेबारे पहल गर्न राष्ट्रपतिसँग आग्रह गरेका थिए। एकीकरणका अभियन्ता, नेपाल र नेपालीका पहिचान बोकेका पृथ्वीको सम्मानका लागि आगामी २७ गते सार्वजनिक विदा दिने सम्बन्धमा आफूले सम्बद्ध पक्षसँग परामर्स गर्ने जानकारी भण्डारीले दिइन्।

Loading...
LottoLucker INT
loading...