धन कमाउन गएको पुर्ण सिं लामा मलेसियाबाट सुतेरै नेपाल फर्किए

२७ पुस, क्वालालम्पुर ।
दुर्घटनामा परेको ४४ दिनसम्म अस्पतालमा रहेका नारायणस्थान ५ काभ्रेका पुर्ण सिं लामा मंगलबार नेपाल फर्किएका छन् ।

गएको नोभेम्वर २९ तारिखका दिन पेनाङको रजौरा भन्ने ठाउँमा उनी मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनापछि अचेत रहेका उनलाई स्थानीय प्रहरीले उद्धार गरेर पेनाङको सिव्रानजया अस्पतालमा पुर्‍याएको थियो ।अस्पतालमा लागेको केही खर्च साथीभाइहरुले उठाएर तिर्दै आएका थिए । अस्पतालमा करिब सवा तीन लाख रुपैयाँ खर्च भएकामा कुटनीतिक पहलमा अस्पतालले केही रकम छुट दिएको श्रोतले बतायो । नेपाल फर्काउनका लागि गैरआवासीय नेपाली संघका पूर्व आईसीसी सदस्य भवानी शंकर तिवारीले पहल गरेका थिए । क्वालालम्पुरबाट करिब चार सय किलोमिटर टाढा रहेका लामालाई भेट्न तिवारी बारम्बार अस्पताल जाने र उनको बारेमा आफन्तहरुलाई जानकारी गराउँदै आएका थिए । उनले भने, ‘नेपाल रहेका आफन्तहरुले टिकट उपलब्ध गराएपछि नेपाल फर्काइएको हो ।’ लामा ३१ महिना अगाडि रोजगारीको लागि मलेसिया आएका थिए । एक हप्ता अगाडि मात्रै भोजपुरका गणेशबहादुर खड्का पनि यसैगरी नेपाल फर्किएका थिए ।

Propellerads
Loading...
loading...