नेप्से सुचक तथा कारोवार रकम दुुबै बढ्यो (तालिका–सहित)

काठमाडौं, १९ फागुन ।
नेप्से सुचक तथा कारोवार रकम आज दुुबै बढेको छ । अघिल्लो दिन नेप्से बढेपनि कारोवार रकम घटेको थियो । तर आज भने त्यस्तो भएन । नेप्से १२ दसमलव ६१ अंकले बढेर १३ सय २९ दसमलव ४१ अंकमा कायम रहेको छ ।

नेप्से सेन्सिटिभ पनि तीन दसमलव सात अंकले बढेर दुुई सय ८८ दसमलव ७८ अंकमा कायम रहेको छ । कुल एक सय ३४ कम्पनीहरुको चार हजार सात सय ७५ वटा कारोवारमा नौ लाख २८ हजार दुुई सय १० कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम ४१ करोड ११ लाख २३ हजार चार रुपैयाँ पुुगेको छ ।

आज सबैगरी कुुल आठ वटा समुहको कारोवार भएकोमा उत्पादनमुुलक र अन्य समुुहको सुचक घटेर बाँकी समुहको सुचक भने बढेको छ । सबैभन्दा उच्च अंकले बढेको होटल समुहको सुचक एक सय १३ दसमलव ९६ अंकले बढेर १७ सय ६७ दसमलव ३८ अंकमा कायम रहेकोमा ९१ लाख ५६ हजार एक सय ४० रुपैयाँको कारोवार भएको छ ।

बीमा समुहको सुचक ९५ दसमलव १३ अंकले बढेर पाँच हजार आठ सय ८२ दसमलव २६ अंकमा कायम रहेकोमा १० करोड चार लाख ७३ हजार रुपैयाँको कारोवार भएको छ । बाँणिज्य बैंक समुहको सुचक ११ दसमलव ९१ अंंकले बढेर १२ सय ६७ दसमलव १३ अंकमा कायम रहेकोमा २३ करोड ३० लाख ४४ हजार रुपैयाँको कारोवार भएको छ ।

यसैगरी बिकास बैंक समुहको सुुचक १० दसमलव २४ अंकले बढेर १४ सय ५५ दसमलव ११ अंकमा कायम रहेकोमा चार करोड १८ लाख २० हजार रुपैयाँको कारोवार भएको छ । जलबिद्युुत समुहको सुचक २९ दसमलव ६१ अंकले बढेर १५ सय ६८ दसमलव ८९ अंकमा कायम रहेकोमा ७० लाख ४९ हजार दुुई सय २० रुपैयाँको कारोवार भएको छ ।

फाईनान्स समुहको सुचकमा पनि आज सुधार देखिएको छ । आज बढी कमाउने कम्पनीको सुचीमा सेती फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा स्वरोजगार लघुबित्त बिकास बैंक परेको छ । रकम कारोवारका आधारमा भने आज कुमारी बैंक अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य बढेको मुल्य
१ सेती फाईनान्स १५७ ९.७९
२ आरएसडिसी लघुबित्त ४८४ ९.७५
३ सोल्टी होटल लिमिटेड २९४ ९.७०
४ बुुटवल पावर कम्पनी ५१२ ७.७९
५ वोमी माईक्रो फाईनान्स १०८९ ६.७६
बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य घटेको मुल्य
१ स्वरोजगार लघुुबित्त बिकास बैंक १३४४ ५.६८
२ किसान माईक्रो फाईनान्स १६०१ ३.९०
३ कर्णाली डेभलपमेन्ट बैंक २७७ ३.४८
४ अपी पावर लिमिटेड ३३८ ३.४२
५ पोखरा फाईनान्स २१० २.७७
बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको रकम अन्तिम मुल्य
१ कुमारी बैंक १०६९०४४०१ ५१६
२ नेपाल बंगलादेश बैंक २९६९४३८४ ६४८
३ नेपाल लाईफ इन्स्योरेन्स २७००३९६० २३०९
४ नेपाल इन्भेष्टमेन्ट बैंक ११८५१९८९ ६७४
५ लुुम्बिनी जनरल इन्स्योरेन्स १०५४००३० ११९२

Loading...