अर्घाखाँचीका भट्टराईको कतारमा मृत्यु

कतार, १३ वैशाख ।
रोजगारीको सिलसिलामा कतार आएका अर्घाखाँची जिल्ला साविकको सिमलपानी गाविस-९ बाउनटोलका ३० वर्षीय बिष्णु भट्टराईको सवारी दुर्घटनामा परी कतारमा मृत्यु भएको छ । यही अप्रील २० तारिखमा डिउटीको समयमा सवारी दुर्घटनामा परी घाइते भएका उनको मृत्यु भएको हो । भट्टराईको दुःखद निधन भएको भन्दै अर्घाखाँची सेवा समाज कतारले खुःख व्यक्त गरेको छ । भट्टराईको दुःख निधन भएको भन्दै अध्यक्ष ठाकुर परियारले नयाँ वर्षका अवसरमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रम पनि स्थगित गरिएको बताए । मृतक भट्टराईको शव अहिले हमद जनरल अस्पतालको शव गृहमा राखिएको छ । समाजले शवलाई नेपाल पठाउन पहल गरिरहेको छ । कागजीय प्रक्रिया पूरा गरी छिटो भन्दा छिटो शवलाई नेपाल पठाउन कम्पनीबाट पनि आवश्यक कार्य भैरहेको सोही कम्पनीमा कार्यरत टिकरलोक राईले बताए । भट्टराईको घरमा श्रीमति र ५ महिनाको छोरा रहेको मृतकका साला सन्दिप बस्नेतले बताए । भट्टराई बिगत ७ बर्षदेखि कतारको एक प्रतिष्ठित कम्पनी पिजाहटमा होम डेलिभरीको रुपमा कार्यरत थिए ।

Loading...
LottoLucker INT
loading...