“परदेशीको सन्देश आफ्नी प्रियसीलाई ” गजल

मनको कुरा सारा पोखी खबर तिम्ले पठायौ कि ?
कल्पनाका पानाभरी मेरै तस्बिर सजायौ कि ?

बिछोडको ब्यथा पोख्ने माध्यम नै खबर भो
सम्झनामा रातभरी आँसु तिम्ले बगायौ कि ?

नआत्तिनु एक्लै हुँदा मेरो छाँया तिम्रै साथ् छ
मेरै यादमा शरीर त्यो अस्थिपन्जर बनायौ कि ?

मनको कुरा मनमै राख ब्यथा बनाई नबगाउ
सबैलाई आँसु देखाई मनको पीडा बतायौ कि ?

होलान् कति मनभित्र गुनाशाका पहाडहरु
आस्था अनि बिश्वासलाई कतै तिम्ले ढलायौ कि ?

प्रतिक्षामा बस्यौ हौली मिलनको पल गन्दै
अबिश्वासमा मन जलाई बास अन्तै बसायौ कि ?

प्रारब्धको खेल रैछ छुट्टिएर बाँच्नु पर्ने
नियतिलाई सम्झिएर कथा अर्कै रचायौ कि ?

नरोई बस आउंछु चांडै तिम्रो हात थाम्नलाई
बिछोडमा सारा शरीर हरेशले गलायौ कि ?

भविष्यका सपनाहरु दुवै मिलि पुरा गरौँ
आवेशमा आई तिम्ले रिसको पर्खाल ठडायौ कि ?

मनको भारी बिसाउन तिम्रो सामु आउंछु अब

आफ्नो देव बिर्सिएर नयाँ देव रचायौ कि ?

मनको कुरा सारा पोखी खबर तिम्ले पठायौ कि ?
कल्पनाका पानाभरी मेरै तस्बिर सजायौ कि ?
बिछोडको ब्यथा पोख्ने माध्यम नै खबर भो
सम्झनामा रातभरी आँसु तिम्ले बगायौ कि ?
नआत्तिनु एक्लै हुँदा मेरो छाँया तिम्रै साथ् छ
मेरै यादमा शरीर त्यो अस्थिपन्जर बनायौ कि ?
मनको कुरा मनमै राख ब्यथा बनाई नबगाउ
सबैलाई आँसु देखाई मनको पीडा बतायौ कि ?
होलान् कति मनभित्र गुनाशाका पहाडहरु
आस्था अनि बिश्वासलाई कतै तिम्ले ढलायौ कि ?
प्रतिक्षामा बस्यौ हौली मिलनको पल गन्दै
अबिश्वासमा मन जलाई बास अन्तै बसायौ कि ?
प्रारब्धको खेल रैछ छुट्टिएर बाँच्नु पर्ने
नियतिलाई सम्झिएर कथा अर्कै रचायौ कि ?
नरोई बस आउंछु चांडै तिम्रो हात थाम्नलाई
बिछोडमा सारा शरीर हरेशले गलायौ कि ?
भविष्यका सपनाहरु दुवै मिलि पुरा गरौँ
आवेशमा आई तिम्ले रिसको पर्खाल ठडायौ कि ?
मनको भारी बिसाउन तिम्रो सामु आउंछु अब
आफ्नो देव बिर्सिएर नयाँ देव रचायौ कि ?

Loading...
LottoLucker INT
loading...