विषादी प्रयाेग भएका तरकारीहरू सुपरमार्केटमा समेत नन् पेष्टिसार्इडकाे नाममा विक्री हुँदै,

काठमाडौं, जेठ १७ ।
भाटभटेनी सुपर मार्केट समेत उपभोक्ताको स्वास्थ्य प्रति सचेत रहेको पाइएको छैन । उपभोगको निम्ति अयोग्य भइसकेका सामानहरु समेत विक्री गर्दै आएको भाटभटेनीबाट स्वच्छ र ताजा वस्तुको अपेक्षा गर्न सकिने अवस्था छैन ।

अर्गानिक टमाटरको मूल्य घटाउनको निम्ति भाटभटेनी सुपरमार्केटले नयाँ जुक्ति लगाएको छ । सामान्य तरकारीको तुलनामा डबल मूल्य सम्ममा अर्गानिक तरकारी विक्री गर्न पाइने व्यवस्था छ । तर अर्गानिक खाद्यान्न तथा तरकारीको मूल्य घटाउनको निम्ति भाटभटेनीले खान अयोग्य भइसकेका तरकारीहरु सस्तोमा विक्री गरिरहेको छ ।

पहिले साधारण गोलभेंडा ५० रुपियाँमा विक्री हुँदा अर्गानिक गोलभेंडा १ किलोको १ सय रुपियाँमा बिक्री गर्दै आएका अर्गानिक तवरले उत्पादित प्राेडक्टहरूकाे मूल्य घटाउन भाटभटेनीले साधारण गोलभेंडाको मूल्य घटाएकाे र साेही बमाेजिम अर्गानिक गोलभेंडाको समेत मूल्य घटाउने उपाय अपनाएकाे पाइन्छ । तर यसरी विक्री गरिँदा पहिलेकै गुणस्तरमा उत्पादित तरकारीवाला कृषकहरूलार्इ मार पर्ने अवस्था सृजना भएकाे छ ।

किसानहरुले विषादी प्रयोग गरेर नै उत्पादन गरेका तरकारीहरुलाई बजारमा नन् पेष्टिसाइड भनेर विक्री गरिएको छ ।

भाटभटेनीमा बिग्रन लागेको काउलीलाई एकातिर कालो भइसके पश्चात् पनि कालोलाई हटाएर अर्को तर्फको ताजा देखिने भागबाट प्याकेजिङ गरेर उपभोक्तालाइ विक्री गर्ने काम भइरहेको समेत पाइन्छ ।

काठमाडौं उपत्यकामा उपलब्ध अधिकांश तरकारीहरु बिषादीयुक्त नै छन् । यद्यपि तिनै व्यापक बिषादी प्रयोग भएका तरकारीहरु समेत नन पेष्टिसाइड भनेर बजारमा विक्री गरिएको पाइन्छ । अर्गानिकको नाममा विक्री हुने विषादी राखिएका तरकारीहरुले बिषादी नराखिएका तरकारी माथि शंका उपन्न गराएको छ । वास्तवमा यो कलंक नै हो । कतिपयले त सहकारीको स्वरुपमा बिषादीयुक्त खाद्य वस्तु बिना विषादीयुक्त भनेर उपभोक्ता ठग्ने काममा लागिरहेका छन् ।

अर्गानिकलाई प्रोत्साहनकाे निम्ति सकारात्मक प्रयाश पनि भएका छन् ः
बुढानिलकण्ठ स्थित पार्क भिलेज रिसोर्ट (पर्यटन उद्यमी कर्ण शाक्यकै छोराले व्यवस्थापन गरेको रिसोर्ट)ले हरेक आइतबारको निम्ति निःशुल्क स्टल उपलब्ध गराई अर्गानिक बजार प्रवद्र्धनको निम्ति सहयोग गरिरहेको छ । समिट होटलले पनि प्रत्येक शनिवार निःशुल्क अर्गानिक कृषि उत्पादनको निम्ति निःशुल्क स्टल उपलब्ध गराएको छ । बौद्धको फ्लेवर्स क्याफेले अर्गानिक किसानलाई प्रवद्धन गर्ने काम गर्दै आएको छ । जिल्ला कृषि कार्यालय काठमाडौं (चावहिल)बाट अहिले अर्गानिक उत्पादनको प्रवद्धनमा विशेष सहुलियत दिइएको छ । अमेरिकन एम्बेस्सीको अगाडि पनि अर्गानिक आउटलेट खोलिँदैछ । गाम्चा अर्गानिक फार्मले काठमाडौंका रेष्टुरेण्टलाई अर्गानिक सामानहरु उपलब्ध गराउँदै आएको छ । गैरीधाराबाट आशापुरीका कृषि अर्गानिक उत्पादनहरु विक्री गरिँदै आइएको छ । अन्य ठाऊँहरुमा पनि यस्ता प्रयाशहरु भइरहेका छन् ।

बढ्दो छ अर्गानिक कल्चर ः
पछिल्लो समय नेपालमा अर्गानिक कल्चर बढेको छ । अर्गानिक उत्पादनको प्रवद्धनमा सहयोग पु¥याउने मनसायले केही बर्ष पहिले देखि प्राङ्गारिक मञ्च नेपाल नामक संस्था पनि सञ्चालन गरिएको छ । यद्यपि आवश्यक प्रविधि, जनशक्ति, स्रोतसाधन लगायतको अभावमा यस संस्थाले पनि त्यति प्रभावकारी रुपमा काम भने गर्न सकेको छैन । सदस्यता विस्तारमा लागेको यस संस्थाले सदस्यता लिन चाहने कृषि फार्मको राम्रो अध्ययन गरेर मात्र सदस्यता विस्तारमा ध्यान दिनु जरुरी छ ।

Loading...