देश बेची धर्म बेची, किन गर्छौ राम बदनाम ! एउटा कविता

– लक्षमी सिंह शाही

जातभातको नाम बदनाम

गरी खानेको काम बदनाम

देश बेची धर्म बेची

किन गर्छौ राम बदनाम!! (२)

सामन्त र सामन्ती भनि

जनता लाई भड्काउने तिमी

बाहुन क्षेत्री सबै मिली

बम बारूद पड्काउने तिमी ।

कस्ले गर्याे राष्ट्रघात

कस्ले खोस्यो मुखको भात

कतिका कोख खाली भए

कतिका सिउँदा पखालिए ।

जिन्दाबादको नारा लगाई

मुर्दाबादको धारा बगाई

गरीबको आशा पोल्ने तिमी

थरि थरि भाषा बोल्ने तिमी ।

नेपाल राष्ट्रको नुन बगायौ

बिर्सी नसक्नु गुन लगायौ

सुन्दर सुन्दर सपना देख्दा

बेदनाको बिपना भोग्दा ।

जनताका आँसुका धारा

न भाषण नै काम लागे न लागे नारा

कति निर्दयी तिम्रो छाती

गोली गाड्छाै निर्दोष माथि ।

रगतको खेलेर होरी

घर घर गरेर चोरी

उडायौ जहाज गुडायौ पजेरो

गर्यौ सबले मेरो मेरो ।

आफु तर्यौ देश डुबायौ

यसरी सारा जगत रूवायौ

अविश्वासको माला गाँस्दा

खुशी भयौ छिमेकी हाँस्दा ।

नेपाल आमा माथि खुट्टा टेक्दै

लखेट्न लगायौ गोली ठोक्दै

खोई कता छ लोकतन्त्र ?

खोई कता छ प्रजातन्त्र ?

अझ अर्को गणतन्त्र

भन्नु पर्दा भाडतन्त्र

गोपाल, हरि या श्याम बदनाम

देश बेची धर्म बेची किन गरछौ राम बदनाम !! किन……………………….!!

Loading...