कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्या

कोरिया, ३० जेठ ।
रोजगारी अनमुति प्रणाली इपिएस मार्फत रोजगारीका लागि कोरिया आउने नेपाली युवाले पछिल्लो समय आत्महत्याको बाटो रोज्ने क्रम बढेको छ । एक साताको अवधिमा दुइ जनाले आत्महत्या गरेसँगै आत्महत्याको श्रृखला बढेको हो ।

सुसाइड नोट लेखेर गोरखाका सुनिल अधिकारीले कम्पनीको बाहिर पट्टी रहेको फलामे भर्याङमा पासो लगाएर आत्महत्या गरेको ठिक एक साता पछि दोलखाका बाइस वर्षिय एक युवकले हिजो सोमबार राती शौचालयमा झुण्डिएर आत्महत्या गरेका छन् । दुवै जना कोरियाको ठुला शहर मध्ये एक थेगुमा कार्यरत थिए । दोलखाका दुइ साता अघि देखि डिप्रेसनको औषधी सेवन गर्दै आएको उनी कार्यरत कम्पनीका साथीले बताएका छन् । डिप्रेसनमा परेर असाधारण व्यवहार देखाउन थालेपछि कम्पनीका साथीहरुको पहलमा उनलाई नेपाल घर पठाउने तयारीमा पनि साथीहरु जुटेका थिए । उनी यहि शुक्रबार नेपाल जान हवाइ टिकट समेत लिएको बताइएको छ । सो कम्पनीमा झण्डै चौबीस जना नेपाली कार्यरत रहेका छन् । मृतकको शव अहिले पोष्र्टमार्टमका लागि प्रहरीले अस्पतालमा पु¥याएको छ भने नेपालमा रहेका परिवारलाई पनि खबर गर्ने काम भइरहेको नेपाली बताएका छन् । यसैबीच नेपाली राजदुतवासलाई पनि घटनाको जानकारी गराइएको पनि बताइएको छ ।

ठुलो सपना बोकेर इपिएस मार्फत कोरिया प्रवेश गर्ने नेपालीको संख्या अहिले झण्डै चवालीस हजारको हाराहारी छ । वर्षेनी इपिएस कोटा मार्फत पाँच हजार भन्दा बढि नेपाली कोरिया आउने गरेका छन् । नेपाली बढेसँगै कार्यस्थल र सडक दुर्घटना, ह्दयघात भएर सुतेको अवश्थामा मृत्यु, विरामी भएर मृत्यु र डिप्रेसनमा परेर आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ । यद्यपी सुतेको अवश्था र डिप्रेसन या विविध कारणले आत्महत्या गर्नेको संख्या अन्य भन्दा बढि नै छ । सन् दुइ हजार आठ यता एक सय दश भन्दा बढिको मृत्यु भइसकेको छ । आत्महत्या र सुतेको अवश्थामा हुने मृत्युको भयावह स्थितिलाई नियन्त्रण गर्न नेपाल सरकारले त्यति चासो दिन सकेको छैन् ।

केहि महिना अघि निवर्तमान स्वास्थ्य मन्त्री गगन थापाले विदेशमा हुने नेपालीको आकस्मिक निधनको बारे सत्यतथ्य अध्ययन गर्न टोली गठन गर्ने बताएपनि अहिले सम्म नेपालीले अनाहकमै ज्यान गुमाएका कोरिया जस्ता मुलुकमा अध्ययन टोली पठाउने काम भने भएको छैन् । कोरिया विकराल बन्दै गएको डिप्रेसन र त्यसबाट मुक्ति पाउन गरिने आत्महत्या जस्तो बाटो रोक्न सम्बन्धित सरोकारवाला निकाय गम्भिर हुन जरुर छ ।

Loading...
LottoLucker INT
loading...