फोन चोरिएको छ ? स्टोलन फोन चेकरबाट चोर पत्ता लगाउनुस्

अमेरिकाको मोबाइल इन्डस्ट्री ट्रेड ग्रुप सीटीआईएले स्टोलन फोन चेकर सेवा शुरु गरेको छ । चोरी भएको वा हराएको फोनसेट खोज्ने यो डिभाइसमा चेक नामक टेक्निकल टूल जडान गरिएको छ ।

अमेरिकामा हराएको वा चोरी भएको स्मार्टफोन पत्ता लगाउन युजरलाई यसबाट मद्दत पुग्नेछ । युजरहरूले एक दिनमा पाँचचोटि प्रयोग गर्न पाउँछन् ।
डेलीमेल डट्कममा छापिएको एक रिपोर्ट अनुसार, ‘यो सेवाले वायरलेस इन्डस्ट्रीका साथ मोबाइल हराउँदा वा चोरी हुँदाको वास्तविक समय पत्ता लगाउँछ ।’
स्टोलन फोन चेकरले इन्टरनेसनल मोबाइल इक्विप्मेन्ट आइडेन्टिफायर (आईएमईआई) डिभाइस हेर्ने काम गर्छ ।
आईएमईआई एक अद्वितीय कोड हो जुन प्रत्येक मोबाइल फोनमा पाइन्छ ।
आईफोन डिभाइसमा यो कोड पछिल्तिर प्रिन्ट गरेर राखिएको हुन्छ भने एन्ड्रोइड फोनमा यो मेनु सेटिङमा पाइन्छ ।
यो सेवाअन्तर्गत एक स्मार्टफोनको १० वर्षभन्दा बढीको रेकर्ड राख्न सकिन्छ जसमा फोनको हिस्ट्री, डिभाइस मोडल इन्फर्मेसन र केपेबिलिटीको जानकारी समावेश हुन्छ ।
एजेन्सी

Loading...
LottoLucker INT
loading...