अमेरिकाबाट आयो नेपाली रुवाउने यस्तो खबर, नेपालको शान विश्व किर्तिमानी अल्ट्राधावक पण्डितको मृत्यु

अमेरिकाबाट आयो नेपाली रुवाउने यस्तो खबर, नेपालको शान विश्व किर्तिमानी अल्ट्राधावक पण्डितको मृत्युकाठमाडौँ – चर्चित अल्ट्रा धावक तथा हिमाल आरोही सञ्जय पण्डितको हिमाल अरोहणक क्रममा अमेरिकामा मृत्यु भएको छ । अमेरिकाको अलास्काको डेनाली हिमाल चढ्ने क्रममा हाई अल्टिच्युडका कारण उनको मृत्यु भएको जनाइएको छ ।

अमेरिकाबाट प्रकाशित नेपाली अनलाईन खसोखासका अनुसार शुक्रबार पण्डितको मृत्यु भएको हो । ‘यसबारे वासिङ्टन डिसीमा रहेको दुतावासलाई खबर प्राप्त भएको तर विस्तृत विवरण भने आउन बाँकी रहेको राजदुत कार्कीले जानकारी दिनु भयो,’ कार्कीको भनाई उल्लेख गर्दै खसोखासले लेखेको छ,‘यसबारे थप जानकारी लिने प्रयास भइरहेको छ । भरेसम्म बाँकी विवरण आउँछ ।’

खराब मौसमका कारण शव ल्याउन समस्या भइरहेको र शव ल्याउनका लागि अझै एक दुई दिन लाग्ने बताइएको छ ।
सगरमाथा सहित विश्वका धेरै हिमाल अरोहण गरेका पण्डित केही दिन अघि अमेरिका गएका थिए ।

Loading...
LottoLucker INT
loading...