अभ्यास खेल खेल्न जापान जाँदै नेपाली टोली, नेपाली राष्ट्रिय टोलीको घोषणा, को को परे टोलीमा ?

एजेन्सी-
नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक ग्योतोकु कोजीले आगामी अगष्टको दोश्रो साता अभ्यास खेलका लागी जापान जाने २४ खेलाडी सम्मिलित नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन् ।

आगामी सेप्टेम्बर ५ तारिखमा हुने ताजिकिस्तान विरुद्धको एएफसी एसियन कप अन्तर्गतको छनोट चरणको खेलका लागि नेपाली टोली प्रशिक्षण एवं अभ्यास खेल खेल्न जापान प्रस्थान गर्न लागेको हो । नेपाली टोली अगष्ट ११ तारिखमा जापान प्रस्थान गर्नेछ । नेपाली टोलीले जापानमा रहेर ५ खेल खेल्ने कार्यक्रम रहेको छ। पछिल्लो पटक यमनसँगको खेलमा सहभागिता जनाएका अधिकांश खेलाडी टोलीमा समेटिएका छन् ।

ग्योतुकु कोजीले छनोट गरेका नेपाली टोलीमा गोलरक्षक विकेश कुथु, विशाल श्रेष्ठ र एलन न्यौपाने परेका छन् र डिफेन्डरमा बिराज महर्जन, अनन्त तामाङ, बिमल बस्ने, देबेन्द्र तामाङ, जितेन्द्र कार्की, कमल श्रेष्ठ र दिनेश राजवंशी परेका छन् । यसैगरी मिडफिल्डरमा भने राजेन्द्र रावल, मान बहादुर तामाङ, विक्रम लामा, हेमन गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, अन्जन विष्ट, हेमन्त थापा मगर र सुनिल बल पर्न सफल भएका छन् र अन्तत फरवार्डका लागि साबिकका अनिल गुरुङ, भरत खवास,विमल घर्ती मगर, नवयुग श्रेष्ठ र सुमन लामा छन् ।

यसैगरी प्रसिक्षण टोलीमा भने ग्योतोकु कोजी प्रमुख प्रशिक्षक, राजु काजी शाक्य प्रशिक्षक, उज्ज्वल मानन्धर गोलरक्षक प्रशिक्षक, विराट जङ्ग शाही टिम व्यवस्थापक र डा. राजु डंगोल टोली डाक्टरका रुपमा छन् ।

Loading...