अरबी पोर्नस्टार मिया खालिफाले यी युवकलाई बाटो मै चटकन दिइन, कारण जान्नुहोस (फोटो फिचर)

एजेन्सी ।
पोर्न इन्डस्ट्रीमा एक चर्चित नाम हो मिया खलिफा | उनको एउटा समाचार अन्तराष्ट्रिय मिडियाहरुमा अहिले निक्कै चर्चामा छ |

मिया खलिफासँग सेल्फी लिँदा एक युवकले नराम्ररी कुटाई खाएका छन। टेक्सास सान एन्टोनिया, अमेरिकाका यी युवकले पूर्व पोर्न स्टार खलिफाको अनुमती बिना बाटोमा हिडी रहेको बेला नै सेल्फी लिएका थिए | उनले सेल्फी लिन नजान्दा मियाले २० वर्षे ठिटाको मुखैमा ‘दह्रो मुक्का’ हानेकी थिइन् । उनले कुटाई त खाए तर उनलाई मियाको मुक्काले केही फरक पारेको जस्तो देखिँदैन ।


ति युवकले ट्वीटरमा मिया खलिफाले तस्बिर खिच्दा मुक्का हानेको भन्दै स्टाटस राखेका थिए जसको कारण अहिले समाचार बाहिरियो | उनले अनुहारमा निल डाम सहितको तस्बिर पोष्ट गरेका छन् ।


‘मिया खलिफासँग फोटो खिचें र उनले मलाई मुखमा मुक्का हानेकी छिन्,’ उनले लेखेका छन् ।
मंगलबार रातीसम्म उनको ट्वीटलाई ९ हजारले लाइक गरेका छन् भने ३ हजार ७ सय पटक रिट्वीट भएको छ ।

खलिफाका अरु प्रशंसकले भने उनीसँगको आफ्नो तस्बिर पोष्ट गरेर केही चोटपटक नलागेको भनी मजाक गरेका छन् ।

Loading...