यसकारण जेलमा चिच्याउदै बस्छन् बलात्कारी बाबा राम रहिम

एजेन्सी ।

सुनारियाको जेलसँग सम्बन्धित स्रोतहरूका अनुसार जेलमा बलात्कारी बाबा राम रहिमलाई अहिले कम्मर दुख्ने समस्या भएको जनाएका छन् । अचानक ७ फिट ४ इन्च फिटको सिमेन्टबाट बनेको ओछ्यानमा सुत्नु पर्दा उनी निकै चिन्तित बनेका छन् । चिन्ताको कारण उनलाई निन्द्रा नलागेको बताइएको छ । बाबाले जेलको लुगा समेत लगाएनन्। त्यहाको कपडाले उनलाई रिंगटा लागेको बताए ।

खानेपानी क्यान्टिनबाट ल्याएर पिउदै:

अहिले त उनि बेला-बेलामा ‘यहाँ म कसरी बस्न सक्छु, भन्दै चिच्याउने गरेको जेलका कर्मचारीले बताएका छन् । बाबालाई अगस्ट २५ मा जब पीटीसी गेस्ट हाउसमा लगिइएको थियो । त्यतिबेला उनि शान्त थिए, तर त्यही दिनको राति ९ बजे उनलाई जिल्लाको जेलमा लगियो त्यतिबेला उनको होसहवास उडेको थियो । र उनले जेलका कर्मचारीहरुलाई सोधेका थिए मलाई यहाँ किन ल्याएको भनेर । त्यसपछि उनले क्यान्टिनबाट पानि ल्याएर खाएका थिए।

जेलमा बाबा राम रहिमलाई दिईदैन अतिरिक्त सुविधा:

बाबा राम रहिमको बारेमा हरियाणाको जेल मन्त्रि कृष्णालाल पवारले बुधवार राती फेरी स्पष्ट गर्दै भने, रोहतकको सुनारिया जेलमा बाबा राम रहिमलाई कुनै पनि अतिरिक्त सुविधा दिईदैन । उनलाई साधारण कैदीहरु जस्तै गरि राखिन्छ। मिडियासंगको कुराकानीमा उनले भने कि जेलमा रहेका सबै जना कैदीलाई एकै खालको खान दिइएको छ। पहिलो कैदीहरूलाई केवल खानामा दाल मात्र दिइन्थ्यो । तर अहिले राजमा सिमि , दूध २५० ग्राम र ५ वोटा रोटी पनि दिइएको छ। यहाँ जेलमा बलियो सुरक्षा व्यवस्था छ।

बलात्कारी बाबा राम रहिम बस्ने रोहतक जेल।
उनका अनुसार सुरक्षामा कुनै प्रकारको छूट नहोस भनेर विभागका अधिकारीहरू र कर्मचारीहरूलाई निर्देशन दिइएको छन् बताए ।

Loading...