नेपाल आइड लाइभ भिडियो: हेर्नुहोस टप ४ प्रतिस्पर्धीहरुको प्रस्तुति

काठमाडौँ ।
एपी वान टेलीभिजनबाट प्रसारण हुने नेपालको अन्तराष्ट्रिय स्तरको पहिलो रियालिटी शो ‘नेपाल आइडल’ ले यतिबेला देश-विदेशमा चर्चा कमाएको छ ।

आइडलका तिन जजहरु: इन्दिरा जोशी, न्हयू बज्राचार्य र कालीप्रसाद बास्कोटाले नेपालका विभीन्न जिल्लाहरुबाट गरिएको अडिसनमा गायकीको आधारमा १३५ जनालाई छानेका थिए । त्यही १३५ जना प्रतिस्पर्धीहरु मध्ये जजहरुले १८ जना प्रतिस्पर्धीलाई गायकी कै आधारमा भोटिङ राउण्डसम्म ल्याएका हुन् । त्यसपछि भने दर्शकको भोटको आधारमा हरेक हप्ता १ जना प्रतिस्पर्धी नेपाल आइडलबाट आउट भएर अहिले टप ४ मा निशान भट्टराई, प्रताप दास, बुद्ध लामा, सागर आले रहेका छन् ।

आज राति ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ । यदी तपाई आफ्नो मनपर्ने प्रतिस्पर्धीलाई सुरक्षित गरि फाइनलसम्म पुर्याउन चाहनुहुन्छ भने बिहीवार साँझ ८:४५ देखी शुक्रबार दिउसो १२ बजे सम्ममा आफ्नो मनपर्ने प्रतिस्पर्धीको भोटिङ नम्बर टाईप गरी ३५२२५ मा भोट गर्न सक्नुहुनेछ ।

विदेशमा रहनुहुने दर्शकहरुले भने नेपाल आइडलको Application Download गरेर आफ्नो मन पर्ने प्रतिस्पर्धीलाई भोट गरी सुरक्षित बनाउन सक्नुहुनेछ ।

Loading...