दुवईमा एक नेपाली दम्पत्तिको रहस्यमय मृत्यु

काठमाडौँ ।
युएईको दुवईमा नेापाली दम्पत्तिको रहस्यम मृत्यु भएको छ । चितवन रत्ननगर बछौलीका पर्शुराम र उनकी श्रीमती कल्पना सापकोटा शनिबार साँझ मृत अवस्थामा फेला परेका हुन् । आफ्नै कोठामा सुतेका उहाँहरु अर्को दिन साँझ मृत अवस्थामा कल्पनाको घाँटी रेटिएको र पर्शुराम झुण्डिएको अवस्थामा भेटिएकाे भेटिएको प्रहरीले जनाएको छ ।

यता पर्शुरामका बुवा मोती सापकोटाले छोराबुहारीको हत्या संकास्पद रहेकाे बताउनुभएकाे छ । उहाँले आफ्नो हत्याको प्रयास भइरहेको बताउने गरेको उहाँको भनाई रहेकाे छ । आर्थिक लेनदेन र छोराबुहारी बिचको खटपटका कारण कसैले हत्या गरेको हुनसक्ने मोतीले आशंका गर्नुभयो । श्रीमानश्रीमती बिच सम्बन्ध राम्रो नभएको आफन्तले बताएका छन् । सम्बन्ध सुधार गर्नका लागि उनीहरु सँगै बस्दै आएका थिए । सापकाेटा दम्पत्तीकाे दुई छोरा रहेका छन् ।

तस्विर ः उज्यालाे अनलाइनबाट ।

Loading...