बलात्कारी बाबा राम रहीमको अर्को ठुलो कर्तूतको भयो पर्दाफास

एजेन्सी/काठमाडौं, १८ भदौ –
भारतीय बलात्कारी बाबा गुरमीत राम रहीम सिंहको काला धन्धाहर उनी जेल परेपछि धमाधम सार्वजनिक हुन थालेका छन् । उनको फेरी अर्को एउटा यस्तै कालो कर्तूतको रहस्य बाहिरिएको छ ।

गुरमीत राम रहीम सिंह डेरा सच्चा सौदाका संचालक हुन्। बाबाको डेरामा दर्शन गर्न जाने व्यक्ति बेपत्ता पनि हुने गर्थे । राम रहीमको डेरामा जाने मानिसका नातेदारलाई ऊ मरेपछि उसको लाश घर नपठाइने भनी लेखाइन्थ्यो । डेरमा मरेका मानिसलाई बाबा आफैंले गाड्थे कि बिहान ४ बजे जलाइदिन्थे ।
उनले आफूले गरेका हत्याहरुको कुनै प्रमाण बाँकि नरहोस् भन्ने हेतुले राम रहीमले यस्तो गर्ने गरेको सनसनीपूर्ण खुलाशा यसै संस्थामा काम गरेका पूर्व सेवादार साधु हंसराज चौहानले गरेका हुन् । मर्ने व्यक्तिको परिवारलाई खबर गरिँदैनथियो । उनीहरूलाई तान्त्रिक कृत्यअन्तर्गत हत्या गरिने बताइएको छ ।

Loading...