कृषि क्षेत्रको प्रर्वद्धन गर्नका लागि मेला

काठमाडौँ, २० भदौ ।
कृषि क्षेत्रको प्रवद्र्धन गर्नका लागि यही भदौ २९ देखि ३१ गतेसम्म ‘एग्रो ट्रेड एण्ड एन्भेष्टमेन्ट’ मेला प्रदर्शनी हुने भएको छ ।

हाउस अफ राजकर्णीकारको आयोजनामा हुन थालेको मेलामा कृषि क्षेत्रको विकासका लागि किसानलाई सुविधाको प्रयोग गर्न सहयोग गर्ने र कृषि व्यवसायीलाई बजारको व्यवस्थाका लागि सहयोग गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको आज आयोजित पत्रकारसम्मेलनमा राजकर्णीकारका प्रबन्ध निर्देशक वीरेन्द्र राजकर्णीकारले जानकारी दिनुभयो ।

कृषि विकास मन्त्रालय र पशुपक्षी मन्त्रालयको सहयोगमा हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी २५० बिक्री तथा प्रदर्शनी कक्ष राखिने छ । मेलामा नेपालका विभिन्न क्षेत्रबाट किसान, कृषि व्यवसायीका साथै भारत र चीनका व्यवसायीको समेत सहभागिता हुने उहाँले बताउनुभयो ।

प्रदर्शनीमा कृषक र व्यवसायीबीच प्रत्यक्ष भेटघाटका माध्यमबाट अनुभव आदानप्रदानसमेत हुनेछ । मेलामा कृषि विज्ञ र किसानको कार्यपत्रसमेत प्रस्तुत गरिने छ । मेलामा कृषकलाई परामर्श, बजार व्यवस्थापन र सञ्जाल विस्तारबारे जानकारी गराइने छ ।

Loading...