छालामा दाग छ भने ३ चोटिको प्रयोगमै यसरी दाग हटाई छालालाई चम्किलो बनाउने तरीका , जानकारी लिनुहोस

आजभोली छालालाई सुन्दर तथा आर्कषक बनाउने विभिन्न किसीमका सौन्दर्य प्रशाधनहरु पाईन्छ । जस्मा विभिन्न रसायनहरु मिसाईएको हुुन्छ ।

जसले स्वास्थ्यमा नराम्रो असर गर्छ । आज हामी तपाईंलाई प्राकृतिक उपायबारे जानकारी दिन्छौं । यसको लागि तपाईंले २ वटा उपायलाई अपनाउन सक्नुहुन्छ ।

१) आलु र कागतीको प्रयोग

आवश्यक सामाग्रीहरु
१) १ वटा आलु
२) १/२ कागतीको रस

बनाउने विधि
सबैभन्दा पहिला काँचो आलुलाई ब्लेन्डरमा हालेर पिस्नुहोस । त्यसपछि यसलाई कागतीको रससंग मिसाउनुहोस् । यस मिश्रणलाई गोलाकार रुपमा अनुहारमा लगाई २० मिनेटसम्म त्यसै छोड्नुहोस् । र सफा पानीले मुख धुनुहोस् ।

२) आलु र काँक्रोको प्रयोग
१) १ वटा आलु
२) १/२ काँक्रो
बनाउने विधि
सबैभन्दा पहिला काँचो आलु र काँक्रोलाई एउटा ब्लेन्डरमा हालेर पिस्नुहोस् । त्यसपछि मिश्रणलाई गोलाकार रुपमा अनुहारमा लगाउनुहोस् । यसलाई २५ मिनेटसम्म त्यसै छोड्नुभई त्यसपछि सफा पानीले मुख धुनुहोस् ।
फेरी पनि चम्काउन चाहानुहुन्छ भने यसरी पनि अनुहारको दागलाईछालाको दाग, खत र डण्डीफोर हटाउन मन छ ? दालचिनीलाई यसरी प्रयोग गर्नुस्

अनुहार आकर्षक देखाउने रहर जोकोहिलाई पनि हुन्छ । आफ्नो मुहार सुकोमल पार्नका लागि विशेषगरि महिलाहरु अनेकौ प्रकारका कस्मेटिक उत्पादनको सहायता लिने गर्छन् । हुनत छाला सुकोमल तथा आकर्षशक बनाउने भन्दै अनेकौ प्रकारका उत्पादनहरु बजारमा उपलब्ध छ । तर यी उत्पानहरु महंगो हुनाका साथै कतिपय अवस्थामा छालालाई कुरुप समेत पार्न सक्ने हुन्छ । तसर्थ आज हामी अनुहार सुकोमल पार्न र छालामा भएका दाग, डण्डिफोरबाट छुटकारा पाउन सकिने घरेलु उपायका बारेमा जानकारी गराउँदै छौं ।

कतिपय अवस्थामा छालाको स्वरुप बिग्रिनबाट छुटकारा पाइयो भनेर ढुक्क भएता पनि छालामा दाग तथा खत भने बाँकीनै रहन्छ । अनि एउटा प्रख्यत भनाइ छ, यदि कुनै कुरा मुखमा हाल्न सकिन्न भने त्यसलाई अनुहारमा पनि दल्नु हुँदैनू । आज हामीले जानकारी गराउन लागेको यो घरेलु छाला लेपले पनि यो पुरानो भनाईलाई चरितार्थ गरेको छ ।

दालचिनी छालाको संपर्कमा आएपछि यसले अनौठो तथा हल्का श्रृङ्ग पार्ने खालको उत्तेजना श्रृजना गर्छ जुन केही क्षणमै हराएर जान्छ । दालचिनीमा फंगल तथा जिवाणु बिरुद्ध लड्न सक्ने गुण लुकेको हुन्छ । यसमा छालालाई हानि पुर्याउन सक्ने अन्य विषादी बिरुद्ध लड्नसक्ने क्षमता पनि लुकेको हुन्छ । दालचिनीलाई यसरी प्रयोग गनुंस्
आवश्यक सरदामहरु

१) आधा चम्चा दालचिनीको धुलो

२) आधा चम्चा जाईफलको धुलो

३) एक चम्चा मह

४) एक चम्चा ताजा कागतीको रस
तयार पार्ने बिधि

एउटा सानो कचौरामा यी सबै सरदामहरु मिसाउनुहोस् । सरदामको लेप तयार पार्नुहोस् । अव रुमाल तथा कपासको सहायताले लेपलाई नाक, निधार, गाला तथा चिउँडोमाथि दल्नुहोस् ।

ध्यान दिनुपर्ने कुराहरु

मुख तथा आँखाको नजिक लेप दल्नु भने हुँदैन । अप्ठ्यारो महसुस हुँदैन भने लेपलाई करिव आधा घण्टासम्म अनुहारमा छोडिदिनुहोस् होइन भने कमसेकम दश मीनेट सम्म लेपलाई अनुहारमा छोडिदिनुपर्छ । त्यसपछि आफ्नो अनुहारलाई मनतातो पानीले सफा गर्नुहोस् ।
अनुहारको दाग हटाई छालामा चमक ल्याउने निकै सरल उपाय-बनाउने विधि र चाहिने समान सहित

तपाइंको छाला धेरैजसो सुख्खा तथा फिक्का देखिने गर्दछ । मरेको छालाको कारणले गर्दा यसो भएको हो छालालाई चम्किलो तथा नरम बनाउनको लागि तपाइंले प्राकृतिक घरेलु उपायलाई अपनाउन सक्नुहुन्छ । यो बिधि धेरै नै सजिलो हुनुका साथै प्रभावकारी छ ।
सामाग्रीहरु

१) कागती

२) थोरै नुन

३) चामलको पिठो

४) मह

बनाउने बिधि

पहिलो चरण – सबैभन्दा पहिला कागती लाइ दुई भागमा काट्नुहोस् । त्यसपछि आधि भाग कागतीमा थोरै नुन हाल्नुहोस् । यसलाई अनुहारमा केहि बेरसम्म दल्नुभई सफा पानीले मुख धुनुहोस ।

दोस्रो चरण – यसपछि चामलको पिठोमा मह र अर्को बाँकी रहेको आधि भाग कागतीको रसलाई राखेर राम्ररी मिसाउनुहोस् । यदि आवश्यक भएमा यसमा थोरै पानीलाई पनि हाल्न सक्नुहुन्छ । यस फेसपेकलाई पुरै अनुहारमा दल्नुहोस । र १५ मिनेट त्यसै छोड्नुहोस् । त्यसपछि सफा पानीले मुख धुनुहोस । र अनुहारलाई सुक्खा हुन दिनुहोस । अनुहार पुरै रुपमा सुक्खा भैसकेपछि मइस्चराइजरलाई लगाउनुहोस् । यसको परिणामस्वरूप तपाइंको अनुहार पहिलेभन्दा निकै आकर्षक देखिनेछ ।

@बिभिन्न अनलाईन तथा एजेन्सीको सहयोगमा तयार पारिएको सामाग्री हो ।

Loading...