निशानलाई नेपालको शान भन्नको कारण यस्तो रहेछ

•ज्ञानेन्द्र काेइराला ।
सर्व प्रथम त निशान, सागर, वुद्ध अनी प्रताप चारै जनाई बराबरी सम्मान, हार्दीक बधाई साथै उज्लवल भविष्यको कामना हाम्रा लागी चारै जना नेपाली आमाका छोराहरु आइडल , तर प्रतियोगीताको नियम अनुसार यी ४ मध्ये एक जना आईडल वा एक जनालाई छनौट गर्नपर्ने अबस्था,जस अनुसार धेरै जसोको नजरमा निशान तानिनुको कारण यस्तो रहेछ ।
ब्यक्तिमा : निशान
सामान्य परिवारका , सबै संग मिलनसार ,धेरै संघर्ष गरेका ,संगितको राम्रो ज्ञान भएका ।
• गुरु-भक्त
असल चरित्र र स्मार्ट , सुमधुर स्वरका धनी ।

गायन प्रस्तुतिमा : निशान पहिलो चरणबाट अहिले सम्म एकै किसिमको प्रस्तुती सबै जज र अतिथी जजहरुको मन जित्न सफल , संगित सम्बन्धी राम्रो ज्ञान भएको जो कोहिले खुलेर नै तारीफ र समर्थन गर्ने सुमधुर स्वर, सुर- ताल, लय- नोट, चट्ट- चट्ट दिन सक्ने , अरु प्रतिस्प्रधी लाइ समर्थन गर्ने ब्यक्तीहरुले पनी निशानको नत गल्ती देखाउने नत कमजोरी नै निशानको स्वरको त्यो जादुले नै जज र अतिथी जजहरुलाइ जुरुक- जुरुक उचाल्यो, तारिफ गर्न लगायो, आवेशमा आएका जजहरु विवादमा पनी पारिदियो ।
निशानको गला र कलाले नै नेपाल आइडल लाइ यति चर्चामा पुर्याएको भन्दा अनर्थ नलाग्ने
दर्शकको नजरमा : निशान कसैले भन्छन , शंकरदेव क्याम्पसको शान कसैले भन्छन मोरङको शान , कसैले भन्छन पुर्वको शान , कसैले भन्छन तराईको शान ,कसैले भन्छन आईडलको शान ,कसैले भन्छन नेपाली संगित जगतको शान तर यि सबै झुटा रहेछ, अहिले निशानबनेकाछन, ” नेपालको शान ।
नेपाल आईडल परिवारमा निशान ।
प्रताप लामाको मुखै बाट सारै राम्रो गाउने भाई , निशान संग गाउन पाउनु राम्रो अवसर प्रज्ञा विश्वकर्मा , निशान र वुद्ध एउटै रुम पाट्नर अति नै मिल्ने हामी २ मध्ये जो माथी पुगेनी हुन्छ भनेर भन्ने निशान र सागर एक-अर्काको तारिफ गर्ने, निशानले साँच्चै राम्रो गाउँछ – सागर ,निशानको सांगितक ज्ञान साथै प्रस्तुती गर्ने शैली राम्रो प्रतापको भनाइ शुरु देखी अहिले सम्म एक नाशको प्रस्तुती , एक नाशको जजको प्रतिक्रिया. निशानको प्रस्तुती बाट जज अनी अतिथी जजहरुको मन नै समालिएन त्यसैले विवादमा समेत पुर्याइदियो , जति पल्ट गायो त्यती पल्ट दर्शकहरुबाट Once more आउने ,आईडलका सबै सहभागी र प्रतिस्पर्धीहरुले निशानको गायन शैलीको तारिफ नै तारिफ गरेको पाईयो,ताली नै ताली दिएको पाइयो ,त्यसैले निशानलाई सबै जात, धर्म, क्षेत्र, वर्ग, लिंग,समुदाय अनि आस्थाहरुबाट बराबर सहयोग भइरहेको छ। नेपालको कुना-कुना साथै विदेशका हरेक कुना-कुना बाट हौसला र समर्थन भईरहेको छ । अत: एउटा कुनै सांगुरो क्षेत्रको मात्र नभएर समग्र नेपाल र नेपालीको ” शान ” बन्दैछन निशान सबैको समर्थन र सहयोग अझ बढोस थप सफलताको शुभकामना निशान ।

Loading...