आज साताको पहिलो दिन सुनको मूल्य घट्यो, यस्तो छ आजको मुल्य

काठमाडौँ, २५ भदौ।
आज साताको पहिलो दिन सुनको मुल्य तोलामा ३ सय रुपैयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार प्रतोतोला ५७ हजार ८ सय रुपैया रहेको सुनको मुल्य आज तोलाको ५७ हजार ५ सय रुपैया कायम रहेको छ।

त्यस्तै, चाँदी आज तोलामा ५ रुपैयाले घटेको महासंघले जनाएको छ। चाँदी प्रतितोला ७ सय ९० रुपैयामा कारोबार भैरहेको छ। गत शुक्रबार चाँदीको मुल्य प्रतितोला ७ सय ९५ रुपैया कायम थियो । हाल अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपालमा पनि त्यसको प्रभाव पर्दा सुनको मुल्य उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। ।

Loading...