जिन्स पेन्टको दाहिनेतर्फ किन सानो खल्ती राखिएको हो ? यस्तो छ कारण

जिन्स प्यान्टको दाहिनेपट्टीको खल्तीमाथि हुने सानो खल्ती हुन्छ ।

यसको प्रयोगको बारेमा थाहा अधिकांश मानिसले यसको प्रयोग गर्दैनन् । यसको वास्तविकताबारे पनि कमैलाई मात्र थाहा छ । प्राय गितार बजाउनेहरूले यो खल्तीमा ‘गितारको पिक’ राख्ने गरेको पाइन्छ । अधिकांशले सानो पेन ड्राइभलाई सानै खल्तीमा राख्ने गर्दछन । कसैले यसलाई ‘कण्डम राख्ने खल्ती’ पनि भन्छन । धेरैले यो सानो खल्तीमा पैसाको सिक्का राख्ने गर्छन ।छ ?

मानिसले आफ्नै आफ्नै प्रयोजनका लागि यसरी त्यो सानो खल्तिको उपयोग गर्छन तर यसको सुरुवात यसरी भएको थियो । वास्तवमा, यो खल्तीमा घडी राख्नको लागि बनाइएको थियो । सन् १८०० ताका, विदेशी ‘काउब्वाइ’हरूले आफ्नो घडीलाई चेनमा बाँधेर आसकोटभित्र राख्ने गर्दथे । यसरी आसकोटभित्र राख्दा सजिलैसित घडी हराउने अथवा बिग्रने गर्दथ्यो । यहि कारणले गर्दा नै ‘लिभाइ स्ट्रस’ ले प्यान्टको खल्तीनजिकै सानो खल्ती बनाएका थिए, जहाँ घडीलाई सुरक्षित राख्न सकिन्थ्यो ।

Loading...