कति कमायो ‘दुई रुपैयाँले ’ दिनमा हेर्नुहोस्

काठमाडौँ ।
यो शुक्रबार निश्चल बस्नेत र आशिफ शाहको मुख्य भूमिका रहेको सिनेमा ‘दुई रुपैयाँ’ सोलो रिलिज भयो । देशभरिका ९० भन्दा धेरै हलमा रिलिज भएको यो सिनेमाले दुई दिनमै दुई करोड भन्दा माथिको कारोबार गरेको छ ।

आसिम शाहको निर्देशक रहेको ‘दुई रुपैयाँ’ले पहिलो दिन शुक्रबार ७० लाख भन्दा माथिको ग्रश कलेक्शन गर्यो भने दोस्रो दिन शनिबार एक करोड ३० लाख भन्दा माथिको कारोबार गरेको छ ।

दोस्रो दिन शनिबार विदाको दिन परेका कारण सिनेमाको व्यापार पनि आक्रामक नै रह्यो । यस सिनेमामा निश्चल र आशिफका साथै मेनका प्रधान, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारहरुको मुख्य भूमिका छ । अभिनेत्री स्वस्तीमा खड्काको पनि यस सिनेमामा विशेष भूमिका छ ।

त्यस्तै गत साता रिलिज भएको सिनेमा ‘ए मेरो हजुर २’ दोस्रो सातामा चलिरहेको छ । झरना थापाको डेब्यु निर्देशक रहेको सिनेमा ए मेरो हजुर २ ले पहिलो सातामा पाँच करोड माथिको ग्रश कलेक्शन गरेको छ । यस सिनेमामा साम्राज्ञी राज्य लक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

Loading...