एसीसी यू १९ किर्केट: नेपालको भुटानमाथि शानदार जित, ३० मिनेटमै भेट्टायो नेपालले लक्ष्य

काठमाडौँ, भदौ २८ ।
मलेसियामा जारी यू-१९ एसीसी पूर्वी क्षेत्रीय क्रिकेट च्याम्पियनसिपमा नेपालले सहज प्रतिद्वन्द्वी भुटानमाथि शानदार जित निकालेको छ। बुधबार नेपालले लगातार दोस्रो खेलमा भुटानलाई ९ विकेट विकेटले हराउँदै जित निकालेको हो।

भुटानको दिएको ५१ रनको लक्ष्य नेपालले ८‍.३ ओभरममै भेटाएको थियो। जवाफी ब्‍याटिङ गर्दा नेपालले १ विकेट गुमाउँदा ३० मिनेटमा जीत हासिल गरेको हो। नेपालको जितमा ओपनर मोहमद आसिफ शेखले नटआउट २३ र अनिल साहले नटआाउट ४ रन जोडे। यस्तै ओपनर सन्दीप सुनारले २६ बलमा ३ चौका प्रहार गर्दै २१ रन जोडेर आउट भए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटान निर्धारित २८ ओभरमा ५० रनमा अलआउट भएको थियो।जसमा भुटानको इनिङ ध्वस्त पार्न नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी एक्लैले ५ विकेट लिन भ्‍याए भने सन्दीप लामिछानेले ४ विवेट र नन्दन यादव १ विकेट लिएका थिए।

यस्तै भुटानका दुई ब्‍याट्‍स म्यानले मात्र दोहोरो अंक बनाएका थिए। ए समूहमा परेको नेपालले विहीबार सिंगारपुरसँग भिड्‍ने छ।

Loading...