तिमीप्रतीको जनताको बिश्वास आज जहर भयो !

गजल
तिमीप्रतीको जनताको बिश्वास आज जहर भयो।
हामीले पाइला टेक्ने यो जमीन पनि पहर भयो ।।

बिश्वास गर्ने बाताबरण त कहाँ राखेका छौ र नेता ।
झुठो आश्वासनमा नचाहेर हुन्छ भन्ने कहर भयो ।।

लाससम्म जलाउने जमीन रहेन हेर जनताहरुको ।
तिम्रो भातभान्सा सधैं चौरासी बेन्जन दहर भयो ।।

गरिबी र बेरोजगारी बाट पीडित हामी जनतालाई।
सिंगापुर र स्वीजरल्यान्ड त सपनाको सहर भयो ।।

जनता सबै मिलि अब त केही गर्नुपर्छ भनी सोच्दा।
बगायो सपना बाढिले योजना केबल रहर भयो ।।

सायद आफ्नै जन्मभुमि नेपाल,अब नेपाल रहेन।
कुपुतहरुले बेचेर खाएछन देशभन्ने अब ठहर भयो ।।

पुनम सेन
दाङ तुल्सीपुर
हाल .माल्दिभ्स