बसको टिकट काट्न गए हजुर, विहानको आठै बजे

सुभा सुभाद्री
घरवाट टाढा बस्थे सबैलाई भेट्ने अवसर जाग्यो
कर्मथलोवाट विदालिई जन्मथलोको परखाई रह्यो
दशैं नजिक आउदै गर्दा मनमा धेरै रहर जाग्यो ठुलाबडाको हातको टिका र आर्शिवाद निधारले खोज्यो

बसको टिकट काट्न गए हजुर, विहानको आठै बजे
हजुर सबै थिए टिकट काट्न लाईनमा बसेका
केही बेरको परखाईमा हुनथाल्यो गाईगुई
साडे दशको घण्टी बज्यो कर्मचारी खाने वेला

खान गए के भयो त मेरो मनमा प्रश्न उठ्यो
आधा घण्टा कुरी बस्छु कर्मचारी दाईलाई
फेरी खवर आयो हजुर काउनटर खुल्छ एक बजे
हामी चाही त्यही लाईनमा टिकटको परखाईमा

कुरी बसे कर्मचारी दाईलाई टिकट काट्छु भनी
तिन घण्टाको पर्खाईपछि ,आए उनी
वल्ल वल पुगे काउण्टरमा दिन विते पछि
टिकट माग्दा जबाफ पाए आज सकियो भोलि

दिनै वित्यो टिकटको लागी फेरी कति दिन धाऊ
कोही होलन विधार्थी कोही होलान कर्मचारी
आफ्नो काम छाडीछाडी कति दिन धाऊनु
कस्तो नीति-नियम हाम्रो देशमा दोष कसलाई दिऊ
एउटै टिकट काट्न भनुस कति दिन धाऊ