पिजडामा नारीलाई होईन ती राक्षसलाई राख

न रोक्नु मलाई मेरा यात्रामा म नारी हुनाले
गन्तव्य मैले रोजी सकेकी छु आफ्नो
मेरो पहिचानलाई मैले बुझीसकेकी छु
मेरो उद्देश्य मैले छानी सकेकी छु ।

बाल्यकाल देखी नै मलाई बोध नगराउ म छोरी हु
आफ्नो गलत शिक्षालाई नथोप
मेरो जिवनमा बरु देउ तिम्रो साथ सधै सही कार्य गर्नलाई
मेरा बाटोमा आउने बाधाअर्चनलाई तह लाउनलाई

नारी हु भनेर धेरै सम्झायौ जन्मे देखीनै
मैले आफ्नो भिन्दै परिभाषा पाईसकेकी छु
मेरो लक्ष्य पाउन लैङ्गीकताले फरक पार्दैन
मेरो साहस र उत्साह भए पुग्छ बुझिसकेकी छु

धेरै रोक्यौ समाजको नाममा मेरा रहरहरु
अब मेरो उत्साहलाई कुरितीले छेक्ने छैन
जति तिमी सक्छौ जिम्मेवार बन्न त्यती म पनी
सफल हुने छु म हाम्रो सुन्दर समाज बनाउन

ईज्जतको नाममा नछेक मेरा बाटो अब
मैले मेरो कर्तव्य र सिमा बुझेकी छु
नारी पनी मानव तिमी जस्तै नबनाउ वस्तु
पिजडामा नारीलाई होईन ती राक्षसलाई राख