नेप्सेमा भिनो सुधार, मध्यान्सम्म जम्मा पाँच लाख रुपैयाँको सेयर किनबेच

काठमाडौं, १४ मंसिर ।
साताको अन्तिम कारोवार दिन नेप्से बढेपनि कारोवार रकम भने घट्ने देखिएको छ । मध्यान्ह १२ बजेसम्म नेप्सेमा जम्मा चार वटा कम्पनीहरुको १८ वटा कारोवारमा सात सय ६५ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम पाँच लाख पाँच हजार पाँच सय २० रुपैयाँ पुुगेको छ ।

मध्यान्हसम्म शुन्य दसमलव शुन्य पाँच अंकले बढेको छ भने सेन्सिटिभ शुन्य दसमलव शुन्य एक अंकले बढेको छ ।

यसबिचमा बाँणिज्य बैंक, जलबिद्युुत र फाईनान्स समुहको कारोवार भएकोमा बाँणिज्य बैंक समुहको सुचक सामान्य अंकले बढेपछि दुुई समुहको सुचक स्थिर देखिएको छ ।

यसबिचमा चिलिमे हाईड्रो पावर कम्पनीको भने नौंं सय ४० रुपैयाँ अन्तिम मुल्यमा दुुई लाख २८ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।