श्रीमती र छोराको अनुहार हेर्न नपाई मलेशियामै अस्ताए पदम राई

काठमाडौं ,२० मंसिर ।

श्रीमती र छोराको अनुहार हेर्न नपाई मलेशियामै अस्ताए पदम राई रोजगारीको सिलसिलामा ३८ महिना अगाडी आर आर ग्रुप मेनपावार बाट मलेसिया पुगेका ओखलढुंगाका पदम राइको निधन भएको छ । उनि मलेसियाको Kun wah motor parts taman shameln kl मा कार्यरत थिए। घरमा बाह्र बर्ष को एक छोरा र श्रीमती रहेको जानकारीमा आएको छ।
अन्य समपूर्ण जानकारी प्राप्त भइसकेको छैन यो खबरलाइ हामीले “ओखलढुंगा एकता सेवा समाज मलेसिया” को फेसबुक बाट साभार गरेका छौं |

अन्य समपूर्ण जानकारी प्राप्त भइसकेको छैन यो खबरलाइ हामीले “ओखलढुंगा एकता सेवा समाज मलेसिया” को फेसबुक बाट साभार गरेका छौं |

एजेन्सी । तीन बच्चाकी आमा समेत रहेकी पत्नीको अर्कैसँग अबैधसम्बन्ध रहेको आशंकामा पतिले पत्नीको हत्या गरेका छन्।आरोपीले आफ्ना तीन सन्तानकै सामने पत्नीको हत्या गरेका हुन्। पत्नीको हत्यापछि आरोपीले विष सेवन गरेर आत्महत्याको प्रयास गरेका थिए। तर उनको प्रयास असफल भएको छ। लामखुट्टे मार्ने विषदीले ज्यान नभएपछि उनले हातको नसा काटेको थिए।
बच्चा जोडले चिच्याएपछि छिमेकीले उनलाई आत्महत्या गर्नबाट जोगाएका थिए।आत्महत्याको प्रयास गरेका ती व्यक्तिको जीटीबी अस्पतालमा भर्ना गरिएको थियो। उपचारपछि उनलाई अदालतमा पेष गरिने भारतीय सञ्चारमाध्यमले जनाएको छन्। उनले प्रहरीसामु आफ्नो अपराध कबुल गरिसकेका छन्।
यो घटना भारतको नयाँ दिल्लीस्थित करावल क्षेत्रको हो। करावलमा बस्दै आएका हिरालालको विवाह ८ वर्ष पहिले अलिगढकी डाली नाम गरेकी युवतीसँग भएको थियो। विवाहपछि केही समय उनीहरुको सम्बन्ध ठिकै थियो। उनीहरुका ३ बच्चा पनि भए। केही समय पहिले अरोपीले आफ्नी पत्नीको कुनै व्यक्तिसँग अबैध
सम्बन्ध रहेको आशंका गरेपछि दुबैको सम्बन्ध बिग्रिदै गएको थियो। उनीहरुको झगडा अदालतसम्म पुगेको थियो। अदालतले राम्रोसँग रहन भन्दै ४ महिनाको समय दिएको थियो। तर चार महिला नवित्दै पतिले पत्नीको हत्या गरेका हुन्।